काठमाडौँ। नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकारको आयु लामो नभएको बताएका छन् ।
उद्योग वाणिज्य संघले नेपालगन्जमा आयोजना गर्न लागेको प्रादेशिक महोत्सव २०८१ को उद्घाटन गर्न सुर्खेत पुगेका प्रचण्डले सरकार प्रति आफूले पहिला नै अनुमान गरेको कुरा लागू हुँदै आएको बताएका छन् ।
उनले भने, ‘आफूले अनुमान गरेको कुरा नै लागू भएको छ । यो सरकार धेरै अगाडि जाँदैन भनेर सुरुवाती चरणमा नै भन्दै आएको थिए ।
उनले भने, ‘अध्यादेशमै बढी जोड गरेपछि हामीले विपक्षहरूको तर्फबाट अभिलम्ब चाहिँ सदन बोलाइएन भने हामीले विशेष अधिवेशन बोलाउने भनेपछि मात्रै सरकारले १८ गते अधिवेशन राख्ने भएको छ ।
नीतिगत रूपमा सरकारको आयु धेरै लामो छैन । जुन ढंगले सरकारको जन्म भयो त्यो लामो आयुको छैन । तर हामीलाई सरकारमा अहिले कुनै रुचि छैन। ओली नेतृत्वको सरकार जबरजस्त चलेको भन्दै यसको आयु चाडै सकिने उनको धारणा छ ।


































