National life

प्रधानमन्त्रीज्यूकै तर्फबाट आग्रह गर्छु १ महिना लगानी सम्मेलनको तयारीमा लाग्नुस्:अर्थमन्त्री पुन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ चैत २०८०, आइतबार
565Shares
प्रधानमन्त्रीज्यूकै तर्फबाट आग्रह गर्छु १ महिना लगानी सम्मेलनको तयारीमा लाग्नुस्:अर्थमन्त्री पुन
ncell

काठमाडौं । लगानी सम्मेलन नजिकिरहेको समयमा अर्थमन्त्री वर्षमान पुनले विदेशस्थित ४० भन्दा बढी देशमा रहेका नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरुसँग भर्चुअल बैठक गरेका छन्।

२०८१ वैशाख १६ र १७ मा तय भएको लगानी सम्मेलनको तयारीका क्रममा अर्थमन्त्री पुनले राजदूतहरुसँग छलफल गरेका हुन्।मन्त्री पुनले राजदूत र नियोग प्रमुखहरुलाई अबको एक महिना लगानी सम्मेलन केन्द्रित भएर काम गर्न सरकारको तर्फबाट निर्देशन दिएका छन्।

‘लगानी सम्मेलन राष्ट्रको इज्जत, प्रतिष्ठा, गौरबको विषयसँग जोडिएको छ,’ पुनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूकै तर्फबाट म यहाँहरूलाई आग्रह गर्छु कि अबको १ महिना यसमा लाग्नुस्।’मन्त्री पुनले विदेशी विकास साझेदार, ठूला लगानीकर्ता, सम्भावित लगानीकर्ता, कार्यक्रमका वक्ता र उच्च पदस्त सरकारी व्यक्तित्वहरूलाई यसअघि नै निम्ता पठाइसकिएको जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, राजदूत तथा नियोग प्रमुखहरूलाई सम्मेलनमा आउन निश्चित भएकाहरुको सूची तयार पारेर पठाउन पनि निर्देशन दिएको बताए ।नेपालमा लगानीमैत्री वातावरण बनाउन सरकारले नीतिगत, प्रक्रियागत र कानुनी सुधारको काम अघि बढाएको पनि अर्थमन्त्री पुनले बताए ।

त्यसका लागि १ दर्जन बढी कानुनमा संशोधनमार्फत सुधारको प्रक्रिया अघि बढाइएको विषयमा आफू रहेको देशका लगानीकर्ता र सरकारी एजेन्सीहरूलाई जानकारी गराउन पनि मन्त्री पुनले आग्रह गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
565SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?