National life

प्रधानमन्त्रीलाई श्रेष्ठको आग्रह: तपाईँले भन्ने गरेको 'जनवाद' मिटरब्याज पीडितलाई चाहिएको छ 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ फागुन २०८०, आइतबार
644Shares
प्रधानमन्त्रीलाई श्रेष्ठको आग्रह: तपाईँले भन्ने गरेको 'जनवाद' मिटरब्याज पीडितलाई चाहिएको छ 
ncell

काठमाडौँ। मिटर ब्याज पीडितहरूको माग सम्बोधनका गर्न र दीर्घकालीन योजना सहित समस्याको सम्बोधन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सरकारको ध्यानाकर्षण गराएकी छन् ।

आज बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले कानुन सम्मत भयो भन्दैमा सबै कुरा न्यायोचित नहुन सक्ने बताएकी छिन्। प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्दै उनले भनिन्, ‘तपाईँले भन्ने गरेको जनवाद यो वर्गको लागि चाहिएको छ । तपाईँले निर्णायक काम गर्नुपर्‍यो।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

वर्तमान समयमा भएको लम्बेतान प्रक्रियामा मिटर ब्याज पीडितले न्याय नपाउने दाबी गर्दै सुमनाले भनिन् , ‘यो तत्काल गर्नुस् र मिडियम समयमा समाजशास्त्रीहरुलाई खटाउनुस् र पत्ता लगाउनुस् किन लिन्छन् आम मानिसले चर्को ब्याजमा ऋण ?’

एउटा कोष बनाएर निम्न वर्गलाई सहुलियत ब्याजदरमा सरकारले नै ऋण उपलब्ध बनाउनुपर्ने उनको सुझाव छ । मिटरब्याजीहरुलाई राजनीतिक दलको प्रश्रय रहेको समेत थाहा पाएको श्रेष्ठले सुनाइन् ।

‘सामन्तवादविरुद्ध युद्ध गर्नुभएको प्रधानमन्त्रीज्यू, अहिले सामन्तवादकै प्रतीक मिटरब्याजी साहुकारहरूलाई विभिन्न राजनीतिक मान्छेहरूले प्रश्रय दिएको कुरा हिजो छलफलमा थाहा पाएँ । यसलाई अन्त्य गर्नुस् ।’ सुमनाले भनिन्

हरेक जिल्लामा मिटर ब्याज पीडितको लागि छिटो न्याय दिलाउन पूर्व न्यायाधीश सम्मिलित मिटर ब्याज पीडित इजलास बनाउन प्रधानमन्त्रीलाई उनको सुझाव छ ।

यो समाचार शेयर गर्नुहोस्
644SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?