National life

त्रिविको विषयलाई लिएर पूर्व शिक्षामन्त्री श्रेष्ठको व्यंग्य: बुद्धिभन्दा बल ठुलो, बलभन्दा दल ठुलो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ भदौ २०८१, बिहिबार
637Shares
त्रिविको विषयलाई लिएर पूर्व शिक्षामन्त्री श्रेष्ठको व्यंग्य: बुद्धिभन्दा बल ठुलो, बलभन्दा दल ठुलो
ncell

काठमाडौँ । रास्वपाकी सांसद पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेकी सुमना श्रेष्ठले त्रिभुवन विश्व विद्यालयमा बुद्धि भन्दा बल ठुलो, बलभन्दा दल ठुलोजस्तो देखिएको टिप्पणी गरेकी छिन् ।

आजको बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद श्रेष्ठले शैक्षिक संस्थामा राजनीतिक दलको हस्तक्षेप गराउने प्रधानमन्त्रीलाई कार्यक्षमतामाथि प्रश्न किन नउठाउने भन्दै प्रश्न गरेकी हुन् ।

‘सानो हुँदा पढेको थिएँ, बलभन्दा बुद्धि ठुलो। अहिले विश्वविद्यालयको अवस्था हेर्ने हो भने, धेरै सांसदहरूले यहाँ प्रकट गरेको व्यवहारिक शिक्षा हुनुपर्छ भन्दा खेरी हैन, बुद्धिभन्दा बल ठुलो, बलभन्दा दल ठुलो भनेर पठाइयो, विभागीय प्रमुखको लागि।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो दलीय राजनीतिकरणले निम्त्याएको दुर्दशा हो।  यसमा कार्यक्षमता, नियतको पनि प्रश्न उठ्छ,’सांसद श्रेष्ठले भनिन ।

त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभाग प्रमुखको नियुक्तिमा नेपाली कांग्रेस र नेकपा ९एमाले० बिच झगडा देखिनुमा प्रधानमन्त्रीसमेत रहेका कुलपति केपी शर्मा ओलीकै कार्यक्षमतामाथि उनले प्रश्न उठाएकी छिन्। विवाद भएका विश्वविद्यालयका कुलपति प्रधानमन्त्री रहेको बताउँदै उनले नै समाधान गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रहेकी श्रेष्ठको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
637SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?