काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले फेब्रुअरी ३ देखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा र थाई एशियाले उडान सुरु गर्ने बताए ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा अधिकारीले यस्तो जानकारी दिएका हुन्। उनले भैरहवाबाट अहिले पनि नेपाल एयरलाइन्स र फ्लाइ दुबईले उडान गरिरहेको बताए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा—ल्हासा उडानका लागि हिमालय एयरलाइन्सले पहल गरिरहेको समेत अधिकारीले जानकारी दिएका छन् ।
विदेश जानेहरूका लागि ५ सय मिटरभित्रै सबै सेवा उपलब्ध गराउने प्रतिबद्धतासहित अघि बढ्न सके भैरहवा र पोखरा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउने बताए।
उनले भने, ‘पोखरा र भैरहवाको कुरामा अब सरकारले पनि यो कार्य योजना पास गरेर विभिन्न क्षेत्रको कार्यक्रमहरू लिएर आएको छ। यसमा हामीले पाँच वटाको फ्लाइट भयो। अहिले त्यहाँ नेपाल एयरलाइन्स अप ग्रेट गरिरहेको छ, फ्लाइ दुबई अप ग्रेट गरिरहेको छ।
'जजिरा फेब्रुअरी ३ देखि गर्छ, थाइ एशिया फेब्रुअरी ३ देखि गर्दछ। पोखरामा हिमालयले ल्हासा गर्न सकिन्छ कि भनेर हेरिरहेको छ।' महानिर्देशक अधिकारीले भने































