National life

बजेटमा हुने पुँजीगत खर्चमाथि कडा हुन अर्थमन्त्रीलाई सांसद पन्तको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ जेठ २०८१, सोमबार
1.4kShares
बजेटमा हुने पुँजीगत खर्चमाथि कडा हुन अर्थमन्त्रीलाई सांसद पन्तको आग्रह
ncell

काठमाडौँ–एमालेका नेता एवं सांसद रघुजी पन्तले बजेटको प्रभावकारी कार्यान्वयनका लागि आर्थिक अनुशासनहीनतालाई नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८१-८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद पन्तले तोकिएको राजस्व नउठे के गर्ने भनी प्रश्न गरेका छन्।

उनले भने, ‘अघिल्लो वर्ष पनि तोकिएको लक्ष्य अनुसार राजस्वको उठेन, यो बजेटमा पनि निर्धारित राजस्व उठेन भने कसरी पूर्ति गर्नुहुन्छ।’बजेटमार्फत कृषि लगानी वर्ष घोषणा गरिए पनि बजेट घटेको भन्दै उनले लक्ष्य हासिल हुनेमा संका रहेको बताएका छन्। अनुत्पादक पुँजीगत बजेटलाई पनि कटौती गर्नुपर्ने सांसद पन्तको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बजेटमा केही अन्तर विरोधी विषय भएको उल्लेख गर्दै सांसद पन्तले राखिएका लक्ष्य पूरा हुनेमा आशङ्का व्यक्त गर्दै बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए। ‘विभिन्न आशङ्का छन्। बजेटलाई यथार्थवादी भएर समीक्षा गर्दै पुँजीगत खर्चमा कडा हुन अर्थमन्त्रीलाई मेरो आग्रह छ’, उनले भने।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?