National life

बजेट निर्माणमा छुट्टै ऐन तर्जुमा गर्न संकल्प गरौँ : सांसद तोसिमा कार्की

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ जेठ २०८१, बिहिबार
640Shares
बजेट निर्माणमा छुट्टै ऐन तर्जुमा गर्न संकल्प गरौँ : सांसद तोसिमा कार्की
ncell

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी की सांसद डा.तोसिमा कार्कीले बजेट निर्माणका लागि सबै सांसदहरूको मेलमिलापमा छुट्टै ऐन तर्जुमा गर्नुपर्ने प्रस्ताव राखेका छिन् ।

आजको प्रतिनिधिसभा बैठकमा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उनले मन्त्रीहरू फेरिरहने हुनाले बजेट निर्माणको काममा अस्थिरता हुन नदिन पनि सो ऐनको छुट्टै व्यवस्था हुन आवश्यक रहेको भनाई राखेकी छन्।

कार्कीले सबै सांसदहरूले बजेटमा यो भएन, त्यो भएन भनेर असन्तुष्टि व्यक्त गर्नुभन्दा पनि त्यसको सुधारका लागि छुट्टै ऐन तर्जुमा गर्ने कुरामा सबै सांसदहरू अघि बढ्नुपर्ने भनाइ राखेकी छिन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले बजेट निर्माणमा समस्या आउन नदिन पनि ऐनले त्यसलाई गाइड गर्नुपर्ने तर्क राखेको छिन् ।

सांसद कार्कीले सो ऐनमा बजेट छलफल, त्यसको मध्यावधि समीक्षा तथा तत्कालीन,मध्यकालीन र दीर्घकालीन लक्ष्य निर्धारणको विषयको पनि आवश्यक विधि बन्नुपर्ने बताइन्।

हामी २७५ जना सांसदहरूले औपचारिक र अनौपचारिक रूपमा यो प्रस्ताव भएन, यो प्रक्रिया मिलेन, सेटिङमा गरियो सांसद कार्कीले भनेकी छिन् । आफ्नो निर्वाचन क्षेत्रमा मात्र लगियो, यसलाई सुधार गर्नुपर्छ भनिरहँदा आउनुहोस् न, संकल्प गरौँ । म एउटा प्रस्ताव यहाँ अनुरोध गर्न चाहन्छु– सबै सांसदहरू मिलेर एउटा बजेट निर्माण ऐन तर्जुमा गरौँ । त्यो ऐन बनाऔँ । र त्यसमा स्पष्ट रूपले प्रि बजेट डिस्कसनको बारेमा राखौँ ।

बजेट छलफलको कुरा राखौँ । समीक्षाको कुरा राखौँ । मध्यावधि समीक्षाको कुरा राखौँ । सर्ट टर्म, मिड टर्म, लङ टर्म गोलको कुराहरू कसरी सेट गर्ने, विभिन्न योजनाहरू कसरी हामीले छुट्टयाउने भनेर ऐन नै निर्माण गरौँ । किनभने अस्थिर सरकारको यो ढोङमा, यो कुर्सीको लडाईंमा मन्त्रीहरू फेरिरहन सक्छन् । तर स्थायी सरकारलाई मन्त्री फेरिए पनि ऐनमा नै बजेट यसरी निर्माण गर्ने है भनेर त्यो ऐनले गाइड गरोस् कार्कीले भनेकी छिन् ।

यो समाचार शेयर गर्नुहोस्
640SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?