National life

आगामी बजेट निर्माण विषयक १६ मन्त्रालयसँग छलफल, कार्यान्वयनमा आउने योजना ल्याउन आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ चैत २०८१, बिहिबार
746Shares
आगामी बजेट निर्माण विषयक १६ मन्त्रालयसँग छलफल, कार्यान्वयनमा आउने योजना ल्याउन आग्रह
ncell

काठमाडौँ। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/ ०८३ को बजेट निर्माण विषयक १६ वटा मन्त्रालयसँग छलफल गरेको छ।

मन्त्रालयले आज बजेट निर्माण सम्बमान्ध संस्कृति पर्यटन तथा उड्डयान पर्यटनमन्त्रालसँग छलफल गरेसँगै बजेटको विषयमा १६ वटा मन्त्रालयसँग छलफल सकिएको जनाएको छ ।

मन्त्रालयसँगको छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। उनले संघीयताको मूल मर्म र भावना,संघ,प्रदेश र स्थानीय तहको भूमिका,प्रदेश र स्थानीय तहको भूमिका अनुसार संघमा रहेका कार्यक्रमहरू हस्तान्तरण, तीन तहका सरकारबिचको समन्वय र साझेदारीलाई जोड दिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रदेश र स्थानीय तहले गर्ने काम संघले गर्दा संघीयता बलियो नहुने मन्त्री पौड्यालको भनाइ छ। अर्थमन्त्री पौडेलले विगतका सबै कार्यक्रम र योजनाहरूको समीक्षा गरी संघीय योजनामा केन्द्रित हुन समेत सबैलाई निर्देशन दिएका छन्। उनले कार्यक्रम तथा योजनाहरू रोक्न, घटाउन, समायोजन गर्न, अत्यावश्यक कार्यक्रमलाई निरन्तरता दिन र परिवर्तित समयअनुसार जनतासँग जोडिने स्मार्ट कार्यक्रम तथा योजनाहरू समावेश गर्न समेत आग्रह गरेका छन्।

यसैगरी अर्थमन्त्री पौडेले अध्ययन र कार्यान्वयनमा जाने योजना तथा कार्यक्रमहरूलाई प्राथमिकीकरण गर्न पनि जोड दिएका छन्। कार्यक्रम तथा योजनाहरू पेश गर्दा रकमान्तर र शोधान्तर गर्न नपर्ने गरी यथार्थपरक प्रस्ताव  पेश गर्न पनि आग्रह गरेका छन्। दुई दिन अघि अर्थ मन्त्रालयले विषयगत मन्त्रालयहरूसँग छलफल गरी बजेट विनियोजना साथै पुँजीगत खर्चमा पनि विशेष ध्यान दिन आग्रह गरेको थियो। अर्थले यसअघि भौतिक, सहरी विकास, सञ्चार, शिक्षा, रक्षा, गृह, खेलकुद, भूमि सुधार, कृषि, खानेपानी, संघीय मामिला, उद्योग, स्वास्थ्य, ऊर्जा, महिला तथा बालबालिका मन्त्रालयसँग छलफल गरेको थियो।

यो समाचार शेयर गर्नुहोस्
746SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?