National life

बालकुमारीमा गृह प्रशासनले दुई युवाको हत्या गर्‍यो : रास्वपा सांसद लामिछाने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ पुस २०८०, सोमबार
621Shares

काठमाडौँ । रास्वपाका सभापति तथा सांसद रवि लामिछानेले बालकुमारीमा गृह प्रशासनले दुई युवाको हत्या गरेको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बालकुमारी घटनाबारे छलफलमा भाग लिँदै सांसद रवि लामिछानेले देशमा रोजगारी नपाउँदा विदेशमा गएर रोजगारी गर्छु र पेट पाल्छु भन्दा गृह प्रशासनले गोली हानेर हत्या गरेको दाबी गरेका हुन् ।

उनले भने, ‘तपाईँलाई म स्पष्ट भन्छु देशमा रोजगारी नपाउँदा विदेशमा गएर पेट पाल्छु भन्ने आशा बोकेर गएको युवाको गृह प्रशासनले हत्या गर्‍यो ।’ उनले उच्च राजनीतिक नैतिकताको अपेक्षा गर्दै बालकुमारी घटनामा पूर्व सूचना हुँदाहुँदै पनि गृह प्रशासनले लापरबाही गरेको बताएका छन्।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3

उनले भने, ‘पहिला गोली चलेको हो कि मन्त्रीको गाडी जलेको हो रु त्यसमा पनि तपाईँहरूको गोलमटोल जवाफ छ ।’ उनले आदेश नै विना प्रहरीले दिनदहाडै मार्ने हिम्मत नगर्ने बताए बताएका छन्।

रास्वपाको सभापति लामिछानेले घटना भएको केही घण्टा पश्चात् सामाजिक सञ्जालमा स्टाट्स लेख्दै घटनाबारे खबरदारी व्यक्त गरेका थिए ।

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
621SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?