National life

बीमा कम्पनी आफैँमा सबल हुनुपर्छ, त्यसमा धनी छ नेपाल लाइफ:सीईओ पराजुली

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ फागुन २०८०, आइतबार
607Shares
बीमा कम्पनी आफैँमा सबल हुनुपर्छ, त्यसमा धनी छ नेपाल लाइफ:सीईओ पराजुली
ncell

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविणरमण पराजुलीले अब बीमा चेतना बढाउनुको विकल्प नरहेको बताएका छन् । धेरै ठूला अध्ययन गरेर बीमा पोलिसी (बीमालेख) हरुको निर्माण गरिने भए पनि त्यसको महत्वका बारेमा नागरिकहरु अनजान नै रहेको बताएका हुन् ।

उनले अबको दिनमा पनि ग्राहकहरुलाई घर–घरमा गएर बीमा किन्नुस भन्नुभन्दा पनि बरु ग्राहकहरुले कम्पनीको डेक्समा आएर मलाई यो बीमा दिनुस् भन्ने अवस्थाको सिर्जना गर्न लाग्नु पर्ने बताएका छन् । सीईओ पराजुलिले बीमा कम्पनीहरुले ग्राहकको आयस्रोत अनुसारको बीमा गर्ने हो भने धेरै समस्या समाधान हुने स्पष्ट पारे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले सबैभदा ठूलो खाँचो आवश्यकता पहिचानमा रहेको पनि औल्याएका छन् । एकतिर बीमा कम्पनीले दिन खोजेको सेवा के हो ? र ग्राहकलाई कस्तो सेवा चाहिएको हो ? भन्ने कुराको समिश्रण मिलाउँन सकेमा बीमा बजार थप नयाँ उचाईमा प्रवेश गर्ने बताएका छन् । उनले कुनै बजारले नयाँ आयाम खोज्ने भएकाले बीमा बजारले पनि माग गरे अनुसारको सेवा प्रवाहमा बीमा कम्पनीहरु चुक्न नहुने बताएका छन् । उनले आजको दिनसम्म बीमा कम्पनीलाई आफ्नै संस्था मानेर काम गर्ने कुनै पनि एजेन्सि (बीमा अभिकर्ता) मा समस्या नदेखिएको बताए।

जो कोही अभिकर्ता बन्न सक्छन्

विगतमा बीमा अभिकर्ता पेशा चुनौतीपूर्ण र केही मेहनत गर्नु पर्ने पेशा भएकाले यसमा धेरै जनाले आवद्ध हुन हिच्किचाउँने गर्थे । अहिले बीमा अभिकर्ताको माध्यमबाटै धेरै जनाले राम्रो आम्दानी गरेको र लाखौ यूवाहरुको आय स्तरमा सुधार हुँदै सोचेभन्दा राम्रो आर्थिक स्तर सुधार भएको उदाहरण पनि उनले पेश गरेका छन् ।

अब स्कूल, कलेजमा पढेका विद्यार्थीदेखि अन्य नागरिकहरु एक-एकले उद्यमी बन्ने सोच राख्नु पर्ने उनले बताएका छन् । उनले बीमाको एक मात्र नभई बहु प्रयोजनामा नागरिकहरुले लाभ उठाउन सक्ने भएकाले त्यसको समेत महत्व बुझ्नुपर्ने बताएका छन् । त्यस्तै, उनको लामो अनुभवले बीमाको वास्तविक बजारीकरण दाबी भुक्तानी पाएका व्यक्तीबाटै हुने भएकाले सीईओ पराजुलीले विगतमा बीमा गराएर राम्रो सेवा पाएका नागरिकहरु फर्की फर्की एउटै कम्पनीमा आउँने गरेको अनुभव सुनाएका छन् ।

यता नेपाल लाइफ इन्स्योरेन्सकै हकमा कुरा गर्दा पनि नेपाली जीवन बीमा व्यवसायमा अधिकांश सूचांकमा उक्त कम्पनी अब्बल नै रहेको छ । व्यवसाय बिस्तारमा अग्र स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सले पछिल्लो समय बीमा कम्पनीहरुले रोजेको मर्जरको बाटो अँगालेन । भलै नेपाल लाइफलाई नियामकी चुक्तापुँजी पनि पर्याप्त रहेको अवस्था छ। सीईओ पराजुलीले बीमा व्यवसायको कार्य प्रकृति र उदेश्य सबै कम्पनीहरुमा समान रहने भए पनि नेपाल लाइफ इन्स्योरेन्सको हकमा विगतमा आफूले सेवा पाएकै कारण फेरी यही कम्पनीरुलाई रोज्ने ग्राहकहरुको संख्या निकै रहेको बताएका छन् । उनले नेपाल लाइफले ग्राहकको विश्वासलाई केन्द्रमा राखेर काम गर्ने भएकाले नै हाल नेपाल लाइफ रुचाउँने ग्राहकहरुको संख्या धेरै रहेको बताएका छन् ।

सीईओ पराजुलीले एउटा बीमा कम्पनी सबल हुन चाहिने पक्ष नेपाल लाइफले जुटाईसकेको र अर्को कुरा भनेको नागरिकहरुको माग, सुझाव अनुसारका प्रोडक्ट ल्याएका कारण पनि नेपाल लाइफ ग्राहकहरुको रोजाईमा पर्न सकेको बताए। उनले अन्तराष्ट्र्रिय बीमा बजारको र्यांकिङमा पर्ने गरि काम गर्दै आएकाले एउटा सक्षम बीमा कम्पनीमा हुनुपर्ने गुणहरुमा नेपाल लाइफ इन्स्योरेन्स धनी रहेको जानकारी दिए।

यो समाचार शेयर गर्नुहोस्
607SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?