National life

मन्त्रालयको काम युवा विदेश पठाउने होइन यो भाष्य बन्नु दुखद हो : श्रम मन्त्री अर्याल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ जेठ २०८१, बिहिबार
466Shares
मन्त्रालयको काम युवा  विदेश पठाउने होइन यो भाष्य बन्नु दुखद हो : श्रम मन्त्री अर्याल
ncell

काठमाडौँ । श्रम मन्त्री डोल प्रसाद अर्यालले मन्त्रालयले युवालाई विदेश पठाउने मन्त्रालय नभएको र त्यस्तो गलत भाष्य बन्नु दुखद भएको बताएका छन् ।

श्रमाधान रोजगार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रम मन्त्रालय युवालाई विदेश पठाउने मन्त्रालय हो भन्ने भाष्य परिवर्तन गर्न पनि श्रमाधान रोजगार मेला फलदायी हुने उनले विश्वास व्यक्त गरेका छन् ।

‘युवालाई विदेश पठाउन घर घर, गल्ली गल्ली गएर खोज्ने काम भइरहेको छ,’ उनले भने, ‘तर आन्तरिक रोजगारीका लागि कतैबाट खासै पहल भएको पाइँदैन, हामीले यसमा परिवर्तन ल्याउन जरुरी छ, मेला यसको सुरुवात बन्ने विश्वास छ ।’ वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न र आन्तरिक रोजगारीलाई प्रवर्धन गर्न केही अघि श्रमाधान कल सेन्टरको स्थापना गरेको र त्यसले प्रभावकारी ढंगले काम गरिरहेको उनले जानकारी गराए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कुनै बजेट नै नभएको अवस्थामा श्रमाधान रोजगार मेला सुरु गरेको र आगामी वर्षहरूमा यसलाई थप विस्तार गरेर लैजाने मन्त्री अर्यालले बताए । ‘मेलाले कतिलाई रोजगारी दिन्छ भन्ने होइन, केही न केही सुरुवात गरौँ भनेर हो,’ उनले भने, ‘आगामी वर्ष यसलाई निकै व्यवस्थित गरेर लैजान्छौं ।’

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण बनाउन सके मात्र रोजगारीका प्रशस्त अवसर सिर्जना हुने बताए । श्रमाधान रोजगार मेलाका अवसरमा आयोजित उद्घाटन समारोहमा अध्यक्ष ढकालले लगानीको वातावरण बनाउन सके रोजगारीका प्रशस्त अवसर सिर्जना हुने र मेलाले सार्थकता पाउने बताएका हुन् ।

रोजगार मेला रोजगारदाता र रोजगारीका खोजीमा रहेका व्यक्तिको मिलनबिन्दु हुने उनको विश्वास छ । अध्यक्ष ढकालले रोजगार मेलामा आयोजकका रूपमा सहभागी हुन पाउनु निजी क्षेत्रका लागि गौरवको विषय भएका बताए ।

यो समाचार शेयर गर्नुहोस्
466SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?