National life

मिटरब्याज पीडितको निश्चित ऋण मिनाहा गर्न प्रधानमन्त्रीलाई बाबुरामको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ फागुन २०८०, बिहिबार
1.6kShares
मिटरब्याज पीडितको निश्चित ऋण मिनाहा गर्न प्रधानमन्त्रीलाई बाबुरामको आग्रह
ncell

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले मिटरब्याजी पीडितहरूको निश्चित ऋण मिनाहा गर्न प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका छन्।

आज मिटरब्याजी पीडितको आन्दोलनलाई समर्थन गर्न पुगेका भट्टराईले जनयुद्धताका बनाइएका जाली र झुटो तमसुकहरू च्यातेको र आगो लगाएको स्मरण गर्दै तत्काल निश्चित सम्मको ऋण मिनाहा गर्नका लागि उनले आग्रह गरेका छन् । उनले लिखित तमसुकहरू खोजेर कारबाहीको दायरामा ल्याउन समेत अनुरोध गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले भने, ‘मिटर ब्याज पीडितको विषयमा थुप्रै आयोगहरू बनेका छन् । पहिला पनि बनेको थियो, प्रतिवेदन दिइयो । तर पछिल्लो पटक गौरीबहादुर कार्की आयोग जुन बन्यो, त्यसले दिएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन, त्यसलाई केले रोकेको छ ? उनले प्रश्न गरेका छन् ।

मित्र रविजी हिजो मात्रै उपप्रधान एवं गृहमन्त्री बन्नुभएको छ, रवि जी तपाईँले आज नै त्यसलाई जारी गरिदिनुस्, बल्ल तपाईँहरू परीक्षाबाट उत्तीर्ण हुनुहुनेछ। नत्र जुन जोगी आए पनि कानै चिरेका भनेजस्तो हुने खतरा छ । कमरेड प्रचण्डलाई आग्रह गर्दछु ।’ पूर्व प्रधानमन्त्री भट्टराईले भने ।

पूर्व प्रधानमन्त्री भट्टराईले नेपालका बैंकहरुमा ६० खर्ब पैसा रहेकाले त्यसमध्ये एक खर्ब रुपैयाँ गरिब किसानलाई बाँड्न आँट गर्न आग्रह गरेका छन् । उनले मिटर ब्याज पीडितहरूको विषयमा बनेका थुप्रै आयोगहरूको प्रतिवेदन सार्वजनिक नभएको भन्दै आपत्ति जनाएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?