National life

 मिलन योङहाङको हारपछि सभापति रविले भने 'जित्न नसेके पनि सिक्न सकियो'

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ वैशाख २०८१, मङ्गलबार
636Shares
 मिलन योङहाङको हारपछि सभापति रविले भने 'जित्न नसेके पनि सिक्न सकियो'
ncell

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ मा सम्पन्न भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा आफ्नो दलका उम्मेदवार मिलन योङहाङ लिम्बूको हार र जमानत जफत केन्द्रित ​प्रतिक्रिया दिएका छन् ।

सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै जित्न नसेके पनि सिक्न सकिएको बताएका हुन् । उनले इफ, बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै पार्टीका सदस्यलाई आग्रह गरेका छन्।

‘इलाम २ को उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङजी  विजयी हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हामीलाई मत दिनु हुने र मतसँगै ठुलो सन्देश दिनु हुने सबैप्रति आभारी छु,’ उनले लेखेका छन्, ‘रास्वपा उम्मेदवार मिलन लिम्बूलगायत अहोरात्र खट्नु हुने सिङ्गो पार्टी पङ्क्तिलाई धन्यवाद । जित्न सकिएन, सिक्न सकियो । त्यसैले कुनै इफ, बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरूमा अनुरोध छ ।’ सभापति लामिछानेले लेखेका छन् ।

शनिवार सम्पन्न इलाम २ को उपनिर्वाचनमा ६८ हजार ४७२ मत सदर भएको थियो । १० प्रतिशत पुर्‍याउन ६ हजार ९३७ मत आवश्यक थियो । चौथो स्थानमा रहेका लिम्बूले ५ हजार ५० मत मात्रै पाएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
636SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?