काठमाडौँ। अर्थमन्त्री वर्षमान पुनले विदेश पलायन हुने युवा शक्ति रोक्नको निमित्त आइटी क्षेत्रलाई सरकारले बजेटको सिद्धान्त र प्राथमिकतामा समावेश गरेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री पुनले यस्तो यस विषयमा प्रस्ट्याएका हुन् । गत आर्थिक वर्षमा मात्रै ७६ अर्ब बराबरको सफ्ट्वेयरहरु निर्यात भएको भन्दै आइटी क्षेत्रलाई राज्यले प्रमुख प्राथमिकता दिने अर्थमन्त्री पुनले प्रतिवद्धता जनाएका छन्।
अर्थमन्त्री पुनले हरेक वर्ष १० हजार भन्दा बढी नेपाली युवाहरू आइटीमा काम गरिरहेको दाबी गरे ।
मन्त्री पुनले आगामी पाँच वर्षमा नेपालले ५ खर्ब बराबरको सफ्टयेर नेपालबाट निर्यात गर्न सक्ने अवस्था रहेको बताए । त्यहीअनुसार सरकारले युवालाई आइटीमा लगानी गर्ने योजना रहेको उनले बताए ।
‘गत आर्थिक वर्ष ७६ अर्ब बराबरको सफ्टवेयरहरु निर्यात भएको छ । अहिले असाध्यै नयाँ क्षेत्र आएको छ । यो पनि आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामा समावेश गरिएको छ । आगामी पाँच वर्षमा हामी ५ खर्ब बराबरको सफ्टयेर नेपालबाट निर्यात गर्न सक्ने अवस्था छ । यो सम्बन्धी सेवाहरू निर्यात गर्नसक्छौं । नेपालमा नै बसेर गर्न सक्ने अध्ययनले देखाउँछ,’ उनले भने, ‘हरेक वर्ष १० हजार युवाहरू प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको रूपमा आइरहेका छन् ।
युवा विदेश पलायनको डरलाग्दो अवस्था देशभित्रै रोजगारी सिर्जना गर्ने र कुनै अवरोध बिना स्वतन्त्र रूपमा निर्यात गर्न सक्ने प्रविधिको क्षेत्रलाई प्राथमिकतामा सरकारले राखेको छ ।


































