National life

युवाले पठाउने रेमिट्यान्स उत्पादनमुखी र सिप उपयोगमुखी नीति बन्नुपर्छ: राजेन्द्र मल्ल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ वैशाख २०८१, शुक्रबार
737Shares
युवाले पठाउने रेमिट्यान्स उत्पादनमुखी र सिप उपयोगमुखी नीति बन्नुपर्छ: राजेन्द्र मल्ल
ncell

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी बनाउने नीति योजना तर्जुमा गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै मल्लले रेमिट्यान्सबाट आएको रकमलाई उत्पादनमुखी र विदेशबाट फर्किएका युवाको सीपलाई सदुपयोग हुने खालको नीति एवं योजना बन्नुपर्ने आजको आवश्यकता रहेको बताएका छन् ।

निर्वतमान अध्यक्ष मल्लले भने 'रेमिट्यान्सको पैसा ९० प्रतिशत सम्म उपभोगमा नै खर्च भइरहेको छ, विदेशबाट भित्रिएको रकमलाई उत्पादमुलक क्षेत्रमा सदुपयोग गरेर राष्ट्रिय अर्थतन्त्र बलियो बनाऊ। '

फरक प्रसङ्गमा बोल्दै निर्वतमान अध्यक्ष मल्लले भने '१६ औँ पञ्चवर्षीय योजना, सरकारको बजेट एवं मौद्रिक नीतिबिच पनि प्रभावकारी समन्वय हुनुपर्छ' ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पञ्चवर्षीय योजना महत्त्वाकाङ्क्षी हुने तर कार्यान्वयन पाटो निकै फितलो हु“दा अपेक्षित लाभ हासिल हुन नसकेको उनको भनाई छ ।

निर्वतमान अध्यक्ष मल्लले आगामी बजेट बस्तुपरक र खर्च गर्न सक्ने क्षमताको ल्याउन समेत सरकारलाई सुझाव दिए । श्रोत सुनिश्चित गरेर मात्रै बजेट बनाउनुपर्ने उनले बताए। बजेटलाई वितरणमुखी भन्दा पनि उत्पादनमुखी बनाउन आवश्यक रहेको मल्लको भनाई छ।

यो समाचार शेयर गर्नुहोस्
737SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?