National life

रवि लामिछानेलाई  राजनीतिक ‘स्टन्ट’ बन्द गर्न सांसद चौधरीको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ साउन २०८१, सोमबार
1.3kShares
रवि लामिछानेलाई  राजनीतिक ‘स्टन्ट’ बन्द गर्न सांसद चौधरीको आग्रह
ncell

काठमाडौँ। नेपाली कांग्रेसका सांसद विनोद चौधरीले पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति तथा रवि लामिछानेलाई  राजनीतिक ‘स्टन्ट’ बन्द गर्न आग्रह गरेका छन् । चौधरीले आज बिहान सामाजिक सञ्जालमार्फत  यस्तो आग्रह गरेका हुन् ।

लामिछानेले आइतबार संसद्मा सम्बोधन गर्दै अनुसन्धानमा रहेका व्यक्ति बालकोटमा गएर गीत गाएको भन्दै चौधरीको आलोचना गरेका थिए । उक्त विषय खण्डन गर्दै चौधरीले भनेका छन् जनतालाई दिग्भ्रमित पार्ने नियतले तथ्यहीन, अत्यन्तै नियोजित र कुण्ठापूर्ण अभिव्यक्ति प्रति मेरो घोर आपत्ति छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विगतमा सत्ताको चरम दुरुपयोग गरेर प्रहरी प्रशासनलाई चर्को दबाब दिएर ममाथि जुन प्रतिसोध साध्न खोजिएको थियो, हिजोको उनको अभिव्यक्ति त्यही स्टन्टको मानसिकताको निरन्तरता मात्रै हो चौधरीले भनेका छन् ।

‘विवादित विगत र वर्तमान भएको र अहिले पनि राज्यको छानबिनको घेरामा रहेको व्यक्तिले जसरी संसद्जस्तो गरिमामय थलोमा कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरू केही होइन’, चौधरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

अन्तर्राष्ट्रिय संगीत दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँको निवास बालकोटमा भएको कार्यक्रमलाई असान्दर्भिक रुपमा जसरी राजनीतिकरण गर्ने दुष्प्रयास गरिएको छ, त्यो अत्यन्तै निन्दनीय छ।  संसद्को रोष्टमलाई कसैको कुण्ठा व्यक्त गर्ने र गलत नियतले अरूमाथि प्रहार गर्ने थलो नबनाउन आग्रह गर्दछु चौधरीले आफ्नो फेशबुक स्टाट्समा लेखेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?