काठमाडौँ । राजनीतिक अस्थिरता नै समृद्धिको बाधक रहेको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन्। आज बुटवल उद्योग वाणिज्य संघको ६९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै पौडेलले नेपालमा ५ वर्ष सकार टिक्नुपर्नेमा हालसम्म कुनै पनि सरकार ५ वर्ष टिक्न नसकेको बताएका छन् ।
अर्थमन्त्री पौडेलले अहिले गठबन्धनको सरकार स्थिरता ल्याउनको लागि बनको बताएका छन्। उनले राजनीतिमा स्थिरतासँगै नीतिमा स्थिरता, कार्यान्वयनमा स्थिरता आउने बताए ।
वर्तमान सत्ता गठबन्धन पूर्ण कार्यकालमा रहने बताउँदै उनले समीकरण र सहयात्राले पूर्णता पाउने उल्लेख गरे । कांग्रेस र एमालेबिच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार नै गठबन्धन अघि बढ्ने उनले बताए । अहिलेको सरकार बनेपछि जनतामा उत्साह आएको उनले दाबी गरे । आर्थिक क्षेत्रमा समेत सुधारको सङ्केत आएको उनले दाबी गरे ।

































