National life

नीतिगत पालना गरी दाबी भएको निर्माण व्यवसायीको भुक्तानी रोकिदैनः अर्थमन्त्री पौडेल 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ माघ २०८१, सोमबार
724Shares
नीतिगत पालना गरी दाबी भएको निर्माण व्यवसायीको भुक्तानी रोकिदैनः अर्थमन्त्री पौडेल 
ncell

काठमाडौँ। सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले कानुन बमोजिम दाबी भएको निर्माण व्यवसायीको रकम भुक्तानी गर्न नरोकिने बताए।

आज महिला आर्थिक पत्रकार सङ्घ फेजाले आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री पौडेलले अघिल्लो सरकारका पालामा बाँकी रहेको भुक्तानी दायित्व वर्तमान सरकारले निर्वाह गर्नुपर्दा असहज भएको तर कुनै पनि दाबी भुक्तानी नरोक्ने गरी काम भएको भएको बताएका छन् ।

अर्थमन्त्री पौडेलले भने,“अब सरकार निर्माण व्यवसायीको कानुन बमोजिमको बिल भुक्तानी सहज रूपमा दिन सक्ने अवस्थामा पुगेका छौँ। सरकारले कानुन सम्मत रूपमा दाबी गरेको रकम भुक्तानी रोकेको छैन।” उनले पुँजीगत खर्च बढाउनतर्फ सरकारले पहल गरिरहेको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

“सार्वजनिक खरिद ऐन, वन ऐन, वातावरण ऐनलाई सुधार गरेर पुँजीगत खर्च बढाउनुपर्ने आवश्यक छ । त्यसका लागि नियमनलाई प्रभावकारी बनाउन ध्यान दिनेछौँ”, मन्त्री पौडेलले भने,“पुँजीगत खर्चको तुलनात्मक रूपमा मूल्याङ्कन गर्दा गत वर्षको तुलनामा यस वर्ष प्रगति भएको छ तर यो पर्याप्त छैन ।”

आफ्ना धारणा थप गर्दै उनले भने बैंकहरूको महत्त्वपूर्ण हिस्सा घरजग्गा व्यवसायमा लगानी भएको तर यस क्षेत्रमा कारोबार चलायमान हुन सक्दा समग्र अर्थतन्त्रमा समस्या देखिएको धारणा राखेका छन्। “मापदण्ड पूरा गरेर नै बैंकहरूले घरजग्गामा लगानी गरेका छन् । घरजग्गा कारोबार गर्नेहरूलाई मात्रै गाली गरेर अर्थतन्त्र सुधार हुन सक्दैन । यस क्षेत्रको समस्या समाधान निजी क्षेत्र र सरकारको साझा विषय भएकाले सबै मिलेर समाधान गर्न जरुरी छ”, मन्त्री पौडेलले भने ।

साथै, उनले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा सशक्त भूमिका खेल्ने र यसले निजी क्षेत्रको मनोबल बढाएको बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
724SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?