National life

राष्ट्रिय पुँजी निर्माण गर्न सके मात्रै विकास र रोजगारी सिर्जना हुन्छ: अध्यक्ष राउत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ फागुन २०८०, सोमबार
944Shares
राष्ट्रिय पुँजी निर्माण गर्न सके मात्रै विकास र रोजगारी सिर्जना हुन्छ: अध्यक्ष राउत
ncell

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आज लुम्बिनी प्रदेश समिति कार्यालयको उद्घाटन गर्दै राष्ट्रिय पुँजी निर्माण गरेर मात्र विकास र रोजगारीको सिर्जना गर्न सकिने बताएका छन् ।

पार्टी अध्यक्ष समाजवाद उन्मुख भनेर मात्र नहुने भन्दै त्यसलाई व्यवहारमा ल्याउनुपर्ने भनाई राखेका छन् । उनले शिक्षा र स्वास्थ्य राज्यले हेर्नुपर्ने र उद्योग धन्दा निजी लगानीमा सञ्चालन गर्न दिनुपर्ने सुझाव समेत दिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले देशको अवस्थाको कारणले बिदेसिएका युवाहरूलाई स्वदेशमै फर्काउन सकिने वातावरण बनाउन राज्यले स्पष्ट नीति ल्याउनुपर्ने बताए।

कार्यक्रममा पार्टीका केन्द्रीय सचिव भूपेन्द्र प्रसाद यादव, लुम्बिनी प्रदेश इन्चार्ज राजेन्द्र गुप्ता, लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री सुमन शर्मा रायमाझी, प्रदेश सभा सदस्य गीता गुरुङ लगायतको सहभागिता थियो ।

यो समाचार शेयर गर्नुहोस्
944SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?