National life

‘लगानीकर्ताको हित संरक्षण गर्न सेबोन प्रतिबद्ध छ’ : कार्यकारी निर्देशक अधिकारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ साउन २०८१, शुक्रबार
429Shares
‘लगानीकर्ताको हित संरक्षण गर्न सेबोन प्रतिबद्ध छ’ : कार्यकारी निर्देशक अधिकारी
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यकारी निर्देशक नवराज अधिकारीले मुलुकको आर्थिक उन्नयनमा सघाउन पुँजी बजारको महत्वपूर्ण भूमिका हुने बताउँदै धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरुको हित संरक्षण गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।

निम्ब एस क्यापिटल लिमिटेडको १२ वार्षिकोत्सवका अवसरमा बिहीबार साँझ आयोजित कार्यक्रममा उनले धितोपत्रको निष्काशन, खरिद, बिक्री, वितरण तथा विनिमयलाई व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिका कामलाई नियमित तथा व्यवस्थित गर्नका साथै वित्त व्यवस्थापन कम्पनीका समस्या समाधान गर्न सेबोन प्रतिबद्ध रहेको बताए ।

गत साता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले पनि पुँजी बजारलाई गतिशील तुल्याउने नीति अंगीकार गरेको बताउँदै उनले संस्थागत सेयर धितो कर्जामा अधिकतम सीमा खारेज हुन सकारात्मक हो भने । संस्थागत सेयर धितो कर्जामा हाल कायम २० करोडको सीमा खारेज भएको छ भने सेयर कर्जामा व्यक्तिलाई १५ करोडको सीमा तोकिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रममा पूर्वमुख्यसचिव विमल कोइरालाले लगानीकर्तालाई लाभांश दिने, उनीहरुको विश्वास जित्ने, बजार विस्तार गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिए । उनले धितोपत्र कारोबार प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउनुपर्नेमा जोड दिए ।

निम्ब एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरु देशको आर्थिक विकासका निम्ति क्रियाशील रहेका बताउँदै धितोपत्र बजार स्वस्थ, पारदर्शी, भरपर्दो, प्रतिस्पर्धी एवं लगानीकर्तामैत्री बन्नुपर्ने विचार व्यक्त गरे ।

देशको आर्थिक तथा सामाजिक विकासका लागि सार्वजनिक निष्काशनमार्फत पुँजी परिचालनलाई आफुले जोड दिएको बताउँदै उनले गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्दै राष्ट्रको समृद्धिमा योगदान गर्नु आफु नेतृत्वको संस्थाको उद्देश्य हो भने ।

६ जनाबाट प्रारम्भ गरिएको संस्थामा हाल एक सय ३० जना कार्यरत रहेका जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत पाँडेले दुईसयभन्दा अधिक लगानीकर्ता संलग्न कम्पनीको पुँजी १० अर्ब पुगेको बताए । आफ्नो संस्थाले स्वच्छ ऊर्जा, सूचना प्रविधि, सेवा, उत्पादन, कृषि, शिक्षा, औषधि उत्पादन र घरजग्गा कारोबारमा लगानी गरेको उनले जानकारी दिए ।

यो समाचार शेयर गर्नुहोस्
429SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?