National life

लगानीका लागि बाधक ठानिएका दर्जनबढी कानून सुधार हुन्छ: अर्थमन्त्री पुन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० चैत २०८०, मङ्गलबार
595Shares
लगानीका लागि बाधक ठानिएका दर्जनबढी कानून सुधार हुन्छ: अर्थमन्त्री पुन
ncell

काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुन'अनन्त'ले लगानी सम्मेलन अघि भन्दा अगाडि नै लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब दर्जन बढी कानुन संशोधन गरिने बताएका छन्।

नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजसँग मङ्गलवार मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले लगानी प्रवर्द्धनका लागि बाधक ठानिएका प्रावधान संशोधन गरी लगानीमैत्री कानुन बनाउने तयारी अन्तिम चरणमा पुगेको बताए । लगानी सम्मेलनको तयारी तीव्र रूपमा अघि बढेको मन्त्री पुनको भनाई छ।

लगानी वातावरण बनाउन संघीय संसद्का दुवै सदनले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयक पारित गरेको र बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक सरकारले संसदमा प्रस्तुत गरिसकेको जानकारी उनले दिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मन्त्री पुनले सन् २०२६ भित्र नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट मध्यम आययुक्त विकासशील मुलुकमा स्तरोन्नति हुने तयारीमा रहेको भन्दै विकास साझेदार संस्थासँग सहुलियतपूर्ण कर्जा लिने नीतिमा रहेको बताए।

मन्त्री पुनले कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धको प्रभावका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः सुधारको बाटोमा रहेको उल्लेख गरे। सरकारले राजश्व चुहावट नियन्त्रणका लागि विशेष कार्य योजना बनाएर काम अघि बढाएको जनाए । कर प्रणाली सुधार सुझावसम्बन्धी समितिले हालै मात्र बुझाएको प्रतिवेदन अध्ययन चरणमा रहेको भन्दै उनले समितिको सुझावका आधारमा कर नीतिमा सुधार गर्ने बताए ।

विगतमाजस्तो ट्रेड युनियन समस्या नरहेको, राजनीतिक कारणले हुने बन्द, हडतालको स्थिति अन्त्य भएको तथा नेपालका दुवै छिमेकी मुलुकले गरिरहेको तीव्र आर्थिक वृद्धिको सकारात्मक प्रभावका कारण नेपाल वैदेशिक लगानीका लागि उपयुक्त गन्तव्य भएको दाबी मन्त्री पुनको थियो ।

पुँजीगत खर्चको स्थिति सन्तोषजनक नरहेको स्वीकार गर्दै मन्त्री पुनले सरकारी निकायहरूको खर्च गर्ने क्षमता वृद्धि गरिने उल्लेख गरे । भेटमा आईएमएफकी आवासीय प्रतिनिधि सान्चेजले नेपालको पछिल्लो आर्थिक सूचक राम्रो रहेको बताइन् । नेपालको आर्थिक प्रणाली स्थिर रहेकामा पनि उनले प्रशंसा गरिन् । यस्तै उनले काठमाडौँमा हुने लगानी सम्मेलनमा आईएमएफका तर्फबाट उच्चस्तरको प्रतिनिधित्व हुने जानकारी गराइन् ।

यो समाचार शेयर गर्नुहोस्
595SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?