काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय लागत कटौती प्रयासको नेतृत्व गर्न नियुक्त गरेका अर्बपति इलन मस्कले बजेट कटौती बिना अमेरिका ‘दिवालिया’ बन्ने बताएका छन् ।
मस्कले नवनिर्मित ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डीओजीइ)’ अन्तर्गत नेतृत्व गरिरहेका छन् । र, उनले आफ्नो अध्ययनबारे ट्रम्पलाई जानकारी गराउँदै भने, ‘बजेट कटौती बिना अमेरिका ‘दिवालिया’ बन्नेछ ।’ राष्ट्रपति ट्रम्पले हालैका हप्ताहरुमा संघीय खर्च घटाउने उद्देश्यले कार्यकारी आदेशमा हस्ताक्षर गरेका थियो ।
विशेष गरी, मस्कले गत आर्थिक वर्षमा १।८ ट्रिलियन डलरभन्दा माथि पुगेको देशको घाटा बजेटलाई औँल्याउँदै सार्वजनिक ऋणमा उच्च ब्याज भुक्तानीको लक्ष्य अघि सारेका छन् । संघीय खर्च घटाउन वासिङ्टनका लागि यो ऐच्छिक होइन आवश्यक कार्य हो,” उनले राष्ट्रपति ट्रम्पसँगको भेटपछि पत्रकारसँग भने ।
यद्दपि, संघीय न्यायाधीशहरुले ह्वाइट हाउसको लागत कटौती उपायहरुको वैधतामाथि प्रश्न उठाइरहेका बेला ट्रम्प प्रशासनले अमेरिकी अदालतहरुसँग टकरावको बाटोमा आफूलाई प्रस्तुत गरिरहेका बेला उनको यो टिप्पणी आएको हो । ट्रम्पको योजनाअनुसार केही संघीय एजेन्सीहरुलाई प्रभावकारी रुपमा बन्द गरेको छ र कर्मचारीहरुलाई घर पठाएर देशभरी कानुनी लडाईं सुरु गरेको छ । धेरै मुद्दाहरुले विपक्षीहरुले अवैध शक्ति कब्जाको रुपमा चित्रण गरेको कुरा रोक्न खोज्छन् । यसैबीच, मस्कको टोली संघीय एजेन्सीहरु मार्फत अघि बढेको छ । सहायता कार्यक्रमहरु फ्रिज गर्दै छ र कार्यबल कटौतीलाई धक्का दिएको छ ।
डीओजीइको दायरालाई रेखाङ्कन गर्ने एक कार्यकारी आदेशमा संघीय कार्यबल घटाउने योजनाको विवरण समावेश गरिएको छ । योजनाले एजेन्सीहरुलाई प्रस्थान गर्ने प्रत्येक चारको सट्टा केबल एक कर्मचारी नियुक्त गर्न निर्देशन गरेको छ । आदेशमा प्रत्येक एजेन्सीका प्रमुखले कुन रिक्त पदहरु भर्ने निर्णय गर्दा डीओजीइसँग अनिवार्य परामर्श गर्नु आवश्यक हुनेछ ।
आलोचनाको जवाफ दिन सोधिएको प्रश्नमा मस्कले भने, ‘अमेरिकीहरुले रिपब्लिकन नेता ट्रम्पले निर्वाचन अभियानका क्रममा उठाएका मुद्दा अर्थात् ‘प्रमुख सरकारी सुधार’ को पक्षमा ट्रम्पलाई मतदान गरेका थिए । सरकारले यसैलाई पछ्याउनेछ ।’
स्पेसएक्स र टेस्लाका प्रमुखसमेत रहेका मस्कले सम्भावित स्वार्थको द्वन्द्वबारे सोधिएको प्रश्नमा आफू सकेसम्म पारदर्शी हुन चाहेको बताए । अमेरिकामा मस्कको कम्पनीहरुले अमेरिकी सरकारबाट व्यापक लाभ लिइरहेको भनी खासगरी विपक्षी डेमोक्रेट्सहरुबाट मस्कको आलोचना हुन थालेको छ । एजेन्सी ।


































