National life

लामो समयपछि लगानीकर्तामा कन्फिडेन्ट बढेको छ:इन्भेस्टर्स फोरमका उपाध्यक्ष लम्साल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ चैत २०८०, बुधबार
636Shares
लामो समयपछि लगानीकर्तामा कन्फिडेन्ट बढेको छ:इन्भेस्टर्स फोरमका उपाध्यक्ष लम्साल
ncell

काठमाडौं । शेयर लगानीकर्ताहरुको साझा संगठन नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले शेयर बजारले सुधारको बाटो अँगालेको स्पष्ट पारेका छन्। उनले आर्थिक भ्वाईससँगको कुराकानीमा बजार सुधार उन्मुख रहेको बताएका हुन् ।

यस्तो छ उपाध्यक्ष लम्सालको भनाई

अहिले शेयर बजार सुधारउन्मुख देखिएको अवस्था छ । बजारले सकारात्मक लय समात्न थालिसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यति हुँदा हुँदै पनि थोरै एक,दुई दिनलाई सेलिङ प्रेसर (शेयर बेच्ने लगानीकर्ताहरको चाँप) बढ्दा नेप्से परिसूचक केही घटेको अवस्था छ । यसलाई हामीले क्वाटर इन्डको इफेक्टको रुपमा पनि लिन सक्छौ ।

आगामी हप्ताबाट शेयर बजारले एउटा गति समात्ने हाम्रो अनुमान छ । विगतको तुलनामा शेयर बजारले लगानीकर्ताहरुमा आशा जगाएको छ । या, भनौ हामी आफै लामो समयपछि आशावादी बन्न थालेका छौं । यसमा के हो ? भने बजार त बढ्ने नै हो त्यो कुरामा कुनै डाउट नै छैन । मलाई लाग्छ अब बजारको घट्ने ठाउँ सक्किसक्यो । एउटा लेभलमा घट्नु पर्ने जति बजार घटि पनि सक्यो । त्यही घटेको अवस्थाबाट उकालो लाग्ने क्रममा पनि बजारमा केही करेक्सन देखिएको हो । अहिले तपाईले जो कोही विश्लेषहरुसँग सोध्नु भयो भने पनि बजार अगाडी नै बढ्ने हो, भन्ने उत्तर पाउँनु हुनेछ ।

अहिले अधिकांश कुराहरुले शेयर बजारलाई सर्पोटको अवस्था देखिएको छ । तपाईहरुले हेर्नु भयो भने बैंकको बेस रेट घटेको छ । इन्ट्रेस्ट रेट पनि घटेकै छ । यता लिक्विडीटी हाई भएको अवस्था छ । थोरै चैत महिनामा क्वाटर इन्डको प्रेसर बजारमा देखिन सक्छ । जहिले पनि त्यस्तो बेलामा बजारले करेक्सनको गति लिने गर्छ । तर, अहिलेको समय त लगानीकर्ताहरुले कहिले यस्तो समय आउँला र शेयर किनौला भनेर ढुकेर बसेको समय हो ।

आउँने हप्ता भरीमा शेयर किनिसक्नु पर्छ भन्ने मानसिकतामा धेरै लगानीकर्ताहरु देखिरहनु भएको छ । लगानीकर्ताहरुले क्वाटरको अवस्था हेरेर चैत १८,२० पछि भटाभट लगानी गर्न थाल्नु हुनेछ भन्ने हाम्रो विगतका अनुभवले पनि भन्छ । तर, अब बजार बढ्ने कुरामा चाही त्यति धेरै डाउट छ जस्तो मलाई चाही लाग्दैन ।

शेयर बजारले अहिले कन्फिडेन्ट खोजिरहेको अवस्था हो । त्यो कन्फिडेट लगानीकर्तामा देखिन सुरु गर्ने बित्तीकै त शेयर बजार उच्च अंकले उकालो लाग्छ । त्यसरी उकालो लाग्नुको विकल्प छैन भन्दा पनि हुन्छ । लगानीकर्ताहरुमा थोरै चार्म देखियो भने त्यसले पूरा बजारमा चमक थप्ने निश्चित छ । र, त्यो समय अब नजिकै आईसकेको छ ।

यद्यपी आज बुधबार नेप्से परिसूचकमा सामान्य अंकको गिरावट आएको छ। ३.३४ अंकले बजार घट्दा २०६३ को विन्दुमा पुगेको छ । तीन सय ५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ४९ करोड ६२ लाख ८४ हजार रुपैयाँको कारोबार भएको अवास्था छ।

यो समाचार शेयर गर्नुहोस्
636SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?