National life

वर्ष भरीमा २९ हजारले बढ्यो सुनको मूल्य, असोजसम्म १ लाख ७० हजार पुग्ने निश्चित देखिन्छ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० चैत २०८०, शुक्रबार
485Shares
वर्ष भरीमा २९ हजारले बढ्यो सुनको मूल्य, असोजसम्म १ लाख ७० हजार पुग्ने निश्चित देखिन्छ
ncell

काठमाडौँ । नेपाली नयाँ वर्ष २०८१ को आगमनसँगै २०८० साल हामीबाट ओझेल परेको छ । समग्रमा पुरानो बनेको वर्ष २०८० को अन्तिम खण्डमा आएर सुनको मूल्यले नयाँ कीर्तिमानी कायम गरेको छ ।

२०८० भरिमा विश्वव्यापी रूपमै सुनको मूल्यमा दैनिक उतारचढाव देखिएको छ। नेपाली बजारमा पछिल्लो १ वर्षको अवधिमा सुनको मूल्य २६.३६ प्रतिशतले बढेको छ। 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेपाल सुन–चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सुची अनुसार २०८० को पहिलो कारोबारको दिन अर्थात् वैशाख ३ गते सुनको मूल्य प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

भने २०८० को अन्तिम कारोबारको दिन चैत ३० गते सुनको मूल्य प्रतितोला २९ हजार रुपैयाँले बढेर एक लाख ३९ हजार रुपैयाँमा कारोबार भएर वर्षको समापन भएको छ। विगत लामो समयदेखि एकपछि अर्को रेकर्ड कायम गर्दै आएको सुनको मूल्य अहिलेसम्मकै महँगोमा कारोबार भइरहेको हो।

नेपाल सुनचाँदी महासंघले सुनचाँदीको कारोबार मूल्य अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा निर्धारण हुने गर्दछ । लन्डनस्थित ‘बुलन मार्केट एसोसिएसन’नामक संस्थाको अनलाइन प्लेटफर्मबाट हुने कारोबारको आधारमा निर्धारण हुने गर्दछ।

अन्तर्राष्ट्रिय बजारमा लगानीका मुख्य क्षेत्र अमेरिकी डलर र पेट्रोलियम पदार्थका तुलनामा सुन नै सबैभन्दा सुरक्षित र प्रतिफल योग्य ठानिएकाले यसको मूल्य निरन्तर बढ्न गएको नेपाल सुनचाँदी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताएका छन् । नेपालले डलरको आधारमा विदेशी राष्ट्रसँग व्यापार गर्ने भएकोले डलरको मूल्य बढ्दा सुनको मूल्य स्वतः प्रभावित हुन जान्छ ।

'युक्रेन–रुस युद्ध, प्यालेसटाइन–इजरायलको युद्धमा पूर्णविराम लाग्ने संकेत नभएको कारणपनी सुनको मूल्यमा गिरावट हुन सक्ने आधार देखिँदैन । अर्को तिर डलरको विश्वसनीयतामा कमी आइरहेको छ।' डलरको विकल्पमा सुनको ग्यारेन्टीको रूपमा राख्ने भएपछि यसले सुनको मागसँगै मूल्यमा दबाब परेको छ ' अध्यक्ष शाक्यले भने।, त्यस्तै, २०२४ मा विश्वव्यापी मन्दीको डर, बढ्दो मूल्यवृद्धि र विश्वभरका केन्द्रीय बैङ्कहरूले सञ्चितिका लागि सुन खरिद गर्दा मूल्य प्रभावित भएको हो। शाक्यले थपे

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष शाक्यले भने यो क्रम निरन्तर चल्ने हो भने अबको २,४ महिनाभित्रै सुनको मूल्य नेपाली बजारमा १ लाख ६० ,७० हजार पर्न आउने निश्चित छ । मैले यस अगाडी पनि यहाँहरूसँग सुनको सम्भावित मूल्यको बारेका चर्चा गरेको थिए त्यो समय नआउँदै सुनको मूल्यले भने त्यो सिमा पार गरेको छ ।

नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य बढिरहेको छ । यो समाचार तयार बनाउने समयमा प्रतिऔँस २३ हजार ९६ डलरमा कारोबार भएको सुनको अबको मूल्य बढेर ३ हजार डलर पुग्ने अनुमान गरिएको छ। सुनको तौल प्रतिऔँस बराबर ३१.१ ग्राम  हुन्छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुनको मूल्य निर्धारणले नै नेपाली बजारमा पनि मूल्य तोकिन्छ । नेपाली बजारको मागले मूल्यमा खासै भूमिका खेल्दैन । नेपालमा रहेका सुनचाँदी व्यवसायी महासङ्घहरूले जुन दिन सुनको मूल्य तोक्ने हो, सोही दिन ११ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यलाई आधार बनाइन्छ।

अहिले नेपाल राष्ट्र बैङ्कले एक दिनमा २० किलोग्रामसम्म सुन आयात गर्न अनुमति दिँदै आएको छ। यता सुनसँगै नेपाली बजारमा चाँदीको मूल्य समेत बढिरहेको छ । वर्षको पहिलो कारोबारको दिन प्रतितोला एक हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज अन्तिम कारोबारको दिन प्रतितोला एक हजार ७ सय ५० रुपैयाँले बढेको छ । एक वर्षको अवधिमा चाँदीको मूल्य पनि २०.६९ प्रतिशतले बढेको देखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
485SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?