National life

विदेशी लगानीकर्ता सेलिन्को इन्स्योरेन्सले लगानीको २१ गुणा प्रतिफल प्राप्त गर्न सफल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ वैशाख २०८१, आइतबार
975Shares
विदेशी लगानीकर्ता सेलिन्को इन्स्योरेन्सले लगानीको २१ गुणा प्रतिफल प्राप्त गर्न सफल
ncell
काठमाडौँ । विगतमा जस्तै सरकारले तामझामका साथ लगानी सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको छ । सम्मेलनको पूर्व सन्ध्यामा नेपाल लगानीका लागि कति उपयुक्त भन्ने प्रश्नहरू पनि प्रशस्तै उब्जिन थालेका छन् भने यही बेलामा तत्कालीन सगरमाथा हालको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी औ सलिकोबाट मात्रै सेलिन्को इन्स्योरेन्स पिएलसी श्रीलंकाले आफ्नो लगानीको २१ गुणा भन्दा बढी रिटर्न प्राप्त गर्न सफल भएको आशा लाग्दो तथ्य फेला परेको छ ।
यसै सन्दर्भमा आर्थिक भ्वाईसले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. सलिकोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीसँग गरेको संवादको क्रममा वैदेशिक लगानीकर्ताहरूका लागि नेपाल लगानी उपयुक्त तथा सुरक्षित गन्तव्य रहेको दाबी गरेका छन् ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
क्षेत्रीले आर्थिक भ्वाईससँग भने,‘नेपालको परिवेशमा यहाँ लगानी गर्ने बहुराष्ट्रिय कम्पनीहरू जसले लगानी गरेका छन् अधिकांशले राम्रै नतिजा प्राप्त गर्न सफल भएको पाइन्छ । खास गरी बीमा व्यवसायबाट झनै राम्रो प्रतिफल प्राप्त गर्न सफल भएको देखिन्छ । उदाहरणको लागि श्रीलंकाली कम्पनी सेलिन्कोले नेपालबाट निकै राम्रो प्रतिफल प्राप्त गर्न सफल भएको छ जुन प्रतिफल तुलनात्मक रूपमा दक्षिण एसियाकै राम्रो हो । यति बुझ्नु होस् यो प्रतिफल भनेको विदेशी लगानीकर्ता खुशी हुने प्रतिफल हो ।’
नेपालको कानूनी व्यवस्था समेत विदेशी लगानी प्रवर्धन मैत्री बन्दै गएको परिप्रेक्षमा नेपाललाई लगानीको उपयुक्त गन्तव्य हो भन्ने प्रमाणित गर्न यस्ता आँकडाले थप बल पुर्‍याउने बताएका छन् । साथै,लगानी सम्मेलनको पूर्व सन्ध्यामा विदेशी कम्पनीहरूलाई निश्चिन्त भएर नेपालमा लगानी गर्न आव्हान गर्दै आफूहरूको तर्फबाट स्वागतको ढोका समेत सधैँ खुला रहेको जनाएका छन् । नेपाल बीमक संघको अध्यक्ष समेत रहेका क्षेत्रीले आर्थिक भ्वाईससँगको कुराकानीमा नेपालले आगामी दिनहरूमा वैदेशिक लगानीको क्षत्रमा नगद लगानी तथा प्रविधि हस्तान्तरण दुबैलाई बराबर महत्वका साथ हेरी सोही बमोजिमको नीति अङ्गीकार गर्नु पर्ने सुझाव दिएका छन् ।
यस्तो छ श्रीलंकाली कम्पनी सेलिन्कोको लगानी तथा वर्तमान अवस्था
सिलिन्कोले तत्कालीन सगरमाथा इन्स्योरेन्स कम्पनीमा जम्मा १ करोड ४९ लाख रुपैयाँ लगानी गरेकोमा तत्पश्चात् विभिन्न समयमा कम्पनीले प्रतिफलबाट जारी गरेको बोनश शेयर सँगै उसको क्यापिटल करिब २९ करोड ९७ लाख रुपैयाँ पुग्न सफल भएको छ भने मर्जर अघि सम्म नगद लाभांश बापत ३ करोड ४३ लाख १५ हजार ५ सय ९८ रुपैयाँ बराबरको डेभिडेन्ट प्राप्त गर्न सफल भएको छ । उक्त रकम कम्पनीको लगानी भन्दा कैयन गुणा बढी देखिन्छ ।
यसरी २६ वर्षको इतिहासमा सिलिन्कोले नेपालबाट पाएको आर्थिक सफलताको अन्तर्राष्ट्रिय मञ्चहरूमा पटक पटक चर्चा हुँदै आएको छ र विश्वकै विश्वासिलो एवम् चर्चित मानिने उक्त कम्पनीले गरेको लगानी तथा प्रतिफल हेरेर अन्य कम्पनीहरू समेत नेपालमा लगानीको लागि प्रोत्साहित हुँदै आएको अवगत गराएका छन् ।
यो समाचार शेयर गर्नुहोस्
975SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?