National life

विश्वविद्यालयको दायरा विश्वमा प्रभाव पार्न सक्ने गरी केन्द्रित हुनुपर्छ: अर्थमन्त्री पौडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ कात्तिक २०८१, बिहिबार
1.2kShares
विश्वविद्यालयको दायरा विश्वमा प्रभाव पार्न सक्ने गरी केन्द्रित हुनुपर्छ: अर्थमन्त्री पौडेल
ncell

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल विश्वविद्यालय विश्वभरका विद्यार्थीको आकर्षणको केन्द्र बन्नेतर्फ उन्मुख हुनुपर्ने बताएका छन्। नेपाल विश्वविद्यालयको आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले नेपाल विश्वविद्यालयको दायरा नेपालभित्र मात्र नभई सिंगो विश्वमा प्रभाव पार्न सक्ने गरी काम गर्न केन्द्रित हुनुपर्ने बताएका छन् ।

‘नेपाल विश्वविद्यालय नेपाली विद्यार्थीहरूका लागि मात्र नै होइन संसारका सबै मुलुकका विद्यार्थीहरूका लागि समेत एउटा महत्त्वपूर्ण आकर्षणको केन्द्रबिन्दुका रूपमा स्थापना गर्न सक्नुहोस्। यसको दायरा नेपालभित्र मात्र नरहेर सिंगो विश्वमा प्रभाव पार्न सक्ने गरी काम गर्न सक्नुहोस्’, पौडेलले भने।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘यो विश्वविद्यालयले नयाँ मान्यताका साथ अगाडि बढ्दै त्यहीअनुसारका दक्ष जनशक्ति निर्माण गर्न सक्नुपर्नेछ, सुरुदेखि नै उत्कृष्ट हुन सकोस्, पछि गरौँला भन्ने छुट यसलाई छैन, सरकारको साथ लिने हो, तर विश्वविद्यालयले आफ्नै पौरख र सामर्थ्यमा अगाडि बढ्ने हो,’ उनले भने, ‘नेपाल विश्वविद्यालय साँच्चै नै नेपालको भविष्य निर्माणको निम्ति विशिष्ट विश्वविद्यालय हुनेछ भन्ने आशा गर्न चाहन्छु । उनले आफ्नो भनाइमा थप गरेका छन् ।

सरकारले सुरुदेखि नै नयाँ मान्यता र नयाँ सोचको साथमा नेपाल विश्वविद्यालय स्थापना गर्नेलाई साथ समर्थन रहँदै आएको हो पौडेलको भनाई छ । सरकार सुरुदेखि  विश्वविद्यालयको प्रगतिका लागि सहयोग गर्न प्रतिबद्ध रहेको समेत उनले बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?