काठमाडौं – सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई बोल्नलाई रोकेपछि रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले संसद अवरोध गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको आकस्मिक समयमा सांसद हरि ढकालले यातायात क्षेत्रको असुरक्षाको विषयमा बोल्न समय मागेका थिए । तर अर्को विषय उठाउन खोजेको भन्दै सभामुख घिमिरेले उनलाई रोकेका हुन ।
सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई बोल्न रोकेपछि रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले संसद अवरोध गरेका हुन् ।


































