काठमाडौँ । ब्यवसायी दुर्गा प्रसाईले शेयर बजारमा खनिएका छन् । उनले समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै पुँजी बजार जुवाका घर रहेको बताएका छन् ।
प्रसाईंले शेयर बजारमा साना लगानीकर्ताको लगानी कहिल्यै पनि सुरक्षित नहुने लेखेका छन्। उनले भनेका छन्, ‘यो (पुँजी बजार) एक किसिमको जुवा घर हो ।
शेयर बजारमा सीमित ब्यक्तिहरुको चलखेल हुने उनलेको तर्क छन् । स–साना लगानीकर्ताले सानो रकम र ठुला माफियाले करौडो कमाउने गरेको उनको भनाइ रहेको छ । समसामयिक चर्चाको विषयमा केही न केही बोल्दै लेख्दै आएका प्रसाईँले पछिल्लो केही समय यता निरन्तर बढेको शेयर बजारको विषयमा लेखेसँगै आम लगानीकर्ताले उनीमाथि नकारात्मक टिप्पणी गरेका छन् ।
‘जुवा खेलाउनेमा शेयर बजारका सिमित तस्कर मारवाडी,सरकार,मिडिया र सिमित शेयर बजारका स्व।कथित अभियान्ता हुन्छन् । बाँकी सबै लाखौं लाख जनता बजारमा घप्पु दाउ हान्न बसेका हुन् । उनीहरुको भागमा एक पटक एक्का पर्यो भने तिनपटक दुक्का पर्छ’ उनले लेखेका छन् ।



































