National life

संखुवासभाको स्रोत साधनको उच्चतम प्रयोग गरी आर्थिक विकास गरिने: उर्जामन्त्री खड्का  

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ भदौ २०८१, सोमबार
846Shares
संखुवासभाको स्रोत साधनको उच्चतम प्रयोग गरी आर्थिक विकास गरिने: उर्जामन्त्री खड्का  
ncell

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले संखुवासभाको शिर उच्च राख्नेगरी काम गर्ने बताएका छन् ।

नेपाली कांग्रेस संखुवासभा जिल्ला कार्यसमितिले आज खाँदबारीमा आयोजना गरेको १११ औँ विपी जयन्ती तथा नवनिर्वाचित उर्जा, जलस्रोत तथा सिंचाईमन्त्रीको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संखुवासभाभित्र रहेको स्रोत र साधनको उच्चतम प्रयोग गरी संखुवासभाको शिर उच्च हुनेगरी काम गर्ने बताएका छन् ।

उनले दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारले जनताको आर्थिक विकास र देशको समृद्धिका लागि काम गर्ने बताए। “देशको आवश्यकता अनुसार संविधान संशोधन गर्नेगरी दुई दल मिलेका हौँ, यो सरकार पुरा कार्यकाल रहन्छ,”– उनले भने।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्री खड्काले दुई ठूलो राजनीतिक दल मिलेर देशमा परिवर्तन आएको बताउँदै अब प्राकृतिक स्रोत साधनको उचित प्रयोग गरेर देशको विकास गर्ने उल्लेख गरे । अब आर्थिक क्रान्तिको अगुवा कांग्रेसले गर्ने उनको भनाई थियो ।

कांग्रेस नेता खड्काले जनताले रुचाएरजस्तो काम गरिदिन पार्टीबाट निर्वाचित जनप्रतिनिधीलाई आग्रह गरेका छन्। “अहिले एमालेसँग सरकारको सहकार्य गरेपनि आगामी निर्वाचनमा एमालेसँगै निर्वाचन लड्ने भएकाले  जनताले मूल्यांकन गर्नेगरी काम गर्न लाग्नुहोस्,”– उनले भने।

उर्जामन्त्री खड्काले आगामी १० वर्षभित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको बताउँदै उक्त लक्ष्यलाई पुरा गर्न सरकार लागेको उल्लेख गरे । मन्त्री खड्काले संखुवासभामा मात्र झण्डै पाँच हजार मेगावाट विद्युत उत्पादन गर्ने नदी रहेकाले यसको उच्चतम प्रयोग गर्नुपर्ने बताए ।

उनले आगामी दुई वर्षभित्र संखुवासभासहित देशभर विद्युतीकरण गरिसक्ने बताए। मन्त्री खड्काले संखुवासभाको स्रोत र साधन अधिकतम प्रयोग गरेर संखुवासभाले नेपालभर नै योगदान पु¥याउने गरी काम गर्ने उल्लेख गरे। कांग्रेस संखुवासभाका कार्यवाहक सभापति अनन्तकुमार गौलीले उर्जा, जलस्रोत र सिंचाईमार्फत देशको विकासमा लाग्नुपर्ने बताउनुभयो । उहाँले संखुवासभामा भएको स्रोत र साधनको उच्चतम प्रयोग गरी समृद्ध संखुवासभा निर्माणमा लाग्ने उल्लेख गरेका छन्।

कांग्रेस संखुवासभाका पूर्व सभापति दिपनकुमार श्रेष्ठले नेपाली जनतालाई रैतीबाट नागरिक बनाउनका लागि विपी कोइरालाको ठूलो योगदान रहेको बताएका छन्। “विपी कोइराला भन्नुहुन्थ्यो गाउँको विकास भएमात्र देशको विकास हुन्छ, उहाँको विचारलाई पुरा गर्न कांग्रेस लाग्नुपर्छ,”– उनले भने।

कांग्रेस संखुवासभाका पूर्व सभापति जनक थापाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा विश्वेश्वरप्रसाद कोइरालाको ठूलो योगदान रहेको बताए। उनले संखुवासभाले पहिलोपटक निर्वाचित मन्त्री पाएकाले संखुवासभाको विकासमा भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा कांग्रेस संखुवासभाका उपसभापति रामकुमार जिमी, सचिव टकमान घले, पाँचखपन नगरपालिकाका प्रमुख विपिन राई, कांंग्रेस महाधिवेशन प्रतिनिधी निर्मला तामाङ बस्नेत, महासमिति सदस्य दिपककुमार लिम्बुलगायतले जिल्लाको जलस्रोतलाई अत्याधिक उपयोग गरी संखुवासभाको विकासमा लाग्न मन्त्रीसँग अनुरोध गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस संखुवासभाले जिल्लाको समस्या सम्बोधनका लागि मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको थियो । यस्तै, नवनिर्वाचित मन्त्री खड्कालाई कांग्रेस संखुवासभा जिल्ला कार्यसमिति र जिल्लास्तरिय भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधीले सम्मान गरेका थिए।

यो समाचार शेयर गर्नुहोस्
846SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?