National life

सपना देखाउने कुरामा हच्कियो यस पटकको बजेट : पूर्व गभर्नर क्षेत्री

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ जेठ २०८२, आइतबार
684Shares
सपना देखाउने कुरामा हच्कियो यस पटकको बजेट : पूर्व गभर्नर क्षेत्री
ncell

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट संसद्मा प्रस्तुत गरिसकेको छ । मुलुकको समग्र आर्थिक अवस्थामा सुधार र अपेक्षित विकासको गति हासिल गर्न विभिन्न सुधारका योजनासहित सरकारले बजेट ल्याएको दाबी गरेको छ । तर प्रतिकूल अवस्थामा पनि औसत र यथास्थितिवादी बजेट आउँदा त्यसले अर्थतन्त्र सुधारमा कति भूमिका खेल्न सक्छ भन्ने विषयमा आर्थिक भ्वाइसले पूर्व गभर्नर डा.दीपेन्द्र बहादुर क्षेत्रीलाई सोधेको छ । प्रस्तुत छ क्षेत्रीको धारणा

विगतको तुलनामा यस पटकको बजेटले सपना देखाउने कुराका हच्किएको जस्तो देखिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस भन्दा अगाडि आकार निकै ठूलो देखिने तर कार्यान्वयनको पक्षमा भने राम्रो रिजल्ट नै नआउने गरेको अवस्था थियो तर यस पटकको बजेट अलि अलि व्यवहारिक बन्न खोजेको हो कि भन्ने देखिन्छ ।

यस अगाडि बजेटको परियोजनामा यो गर्छौ र त्यो गर्छौको सपना देखाएको हुन्थ्यो निकै ठूला सपना देखाउने प्रथा कायम थियो यस पटक त्यसले केही सुधारता लिएको हो कि भन्ने लागेको छ । तर पनि आकारको हिसाबले भने गत वर्षको तुलनामा ठूलो नै छ । तर आगामी आथिर्क वर्षको बजेट समेत कार्यान्वयन हुन्छ हुदैनमा शंका गर्ने पर्याप्त स्थान छ ।

सरकारले आर्थिक वृद्धिदरलाई ६ प्रतिशत पुर्‍याको छ । यसलाई परिपूर्ति गर्न क्रियटिभ कार्यसम्पादन चाहिन्छ । यो सामान्य विषय छैन । सरकारको विगतका कार्यसम्पादनको प्रक्रियालाई हेर्दा निकै जटिल देखिन्छ । यदि कार्यान्वयनमा आउन सकेन भनेफेरि बजेट परिणाममुखी मान्न सकिदैन् ।

एकातिर बैंक वित्तीय संस्थाका अधिक तरलता बढ्ने र कर्जा प्रवाह हुन नसकेको विषय यथावत् छ । यो विषय बजेटसँग प्रत्यक्ष अर्थ नहोला यद्यपि कार्यसम्पादनसँग यसको गहिरो सम्बन्ध छ । माग बढ्न नसक्दा कर्जा प्रवाह भएन तर बजेटले स साना व्यवसायीहरूको समस्या समाधान गर्न सकेको अवस्था छैन ।

हिजो स साना व्यवसायीहरूको आवश्यकता परिपूर्ति गर्ने काम सहकारीहरूले गरेका थिए । तर आज ती सहकारीहरू कहाँ गुपचुप छन् । त्यसको खोजी गर्ने काम सरकारले भएन स साना व्ययसायीहरु पलायन हुदैगर्दा बजेटको खपत क्षेत्रपनि घट्दै गयो व्यवसायीहरू पलायन हुँदै गए ।

मुलुकको समग्र आर्थिक अवस्थामा सुधार र अपेक्षित विकासको गति हासिल गर्न विभिन्न सुधारका योजनासहित बजेट ल्याएको दाबी गरेको छ । तर प्रतिकूल अवस्थामा पनि औसत र यथास्थितिवादी बजेट आउँदा त्यसले अर्थतन्त्र सुधारमा कति भूमिका खेल्न सक्छ ? भन्नेबारे प्रश्न उब्जिएका छन् ।

मैले माथि उल्लेख गरेजस्तै स्रोत र खर्च व्यवस्थापनका दृष्टिले यथार्थपरक र अनुशासित बजेट आएको मान्न सकिन्छ ।  खर्च व्यवस्थापनमा स्रोतको अधिक सदुपयोग हुने कुरालाई जोड दिएका मान्न सकिन्छ ।  अर्कोतर्फ आन्तरिक राजस्व र आन्तरिक तथा बाह्य ऋण परिचालनका सवालमा यथार्थपरक हुन बन्न खोजिएको हो कि भन्ने जस्तो पनि देखिन्छ ।

पुँजीगत खर्चको विनियोजन बढाइएको छ, निरन्तर बढ्दो चालु खर्चलाई निश्चित सीमाभित्र राख्न खोजिएको छ, र वित्तीय हस्तान्तरणबाट प्रदेश र स्थानीय तहमा जाने बजेट वृद्धि गरिएको छ । उत्पादन वृद्धि र रोजगारी सिर्जनाका निम्ति पनि अनुकूल आधार तयार गर्न खोजेको देखिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
684SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?