National life

‘अहिले निश्चित अवसरबादीहरुले सेयर बजारलाई औलामा नचाएको अवस्था छ ’

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ माघ २०८०, बुधबार
736Shares
‘अहिले निश्चित अवसरबादीहरुले सेयर बजारलाई औलामा नचाएको अवस्था छ ’
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वर्तमान अवस्था अस्थिर र ढुलमुलको छ । हुन त सामान्यतया  २०२३ को सुरुदेखि नै ओरालोको प्रवृत्तिमा रहेको नेप्सेको यात्रामा २०२४ को सुरुवाती अवस्थासम्मको यात्रा १९ को ठाउँमा २० भएको मान्न सकिन्न। नेप्से परिसूचकले गति लिन नसक्दा त्यसको सिधा प्रभाव आम लगानीकर्ता र नेपालको समग्र अर्थतन्त्रमा पर्न गएको छ । 

नेपाली अर्थतन्त्र पछिल्ला महिनाहरूमा हामीले अपेक्षा गरे भन्दा सुस्त गतिमा बढिरहेको छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसले कर्पोरेट क्षेत्रको आम्दानी र नाफाको बारेमा चिन्ता निम्त्याएको देखिन्छ । जसले गर्दा लगानीकर्ताको भावनामा पर्ख र हेरको अवस्था सृजना गरेको पाइन्छ । वास्तवमा शेयर बजारको स्थितिमा किन सुधार हुन सकिरहेको छैन रु वा एउटा निश्चित लयमा बग्न किन सकिरहेको छैन रु यो ढुलमुले अवस्था कति समय रहन्छ रु यो समग्र प्रश्न आर्थिक भ्वाईसकर्मी जसिन्द्र श्रीपालीले पूर्व गभर्नर तथा अर्थविद् दीपेन्द्र बहादुर क्षेत्री लाई सोधेका छन् प्रस्तुत छ अर्थविद् क्षेत्रीको धारणा............

शेयर बजारको वर्तमान अवस्थालाई विश्लेषण गर्ने हो भने भने १७ सयको सीमालाई नाघेर २१ सय सम्म पुगेको अवस्था छ । एउटा निश्चित बिन्दुमा पुगेको बजार फेरी कुनै बिन्दुमा झर्नु वा घट्नु स्वाभाविक नै हो । बजार बढिरह्यो भने पनि निकट भविष्यमा त्यसको ठुलो क्षति लगानीकर्ताले भोग्नु पर्दछ भन्ने कुरामा प्रस्ट हुन आवश्यक छ र ठुलो परिमाणमा घट्यो भने पनि अब खराब यात्राको समापन भएर नयाँ यात्राको तय हुदैछ भन्ने विषयमा प्रस्ट हुन जरुरी छ ।

शेयर बजारमा एउटा विचलनको अवस्था देखा परको साँचो हो यसको सुधार तत्काल आउँछ भन्नेमा विश्वास जागेको छ

पहिलो कुरा शेयर बजार भन्ने विषय कुनै पात्रो हेरेजस्तो होइन कि ठ्याक्कै यो दिन औंसी यो दिन पूर्णिमा पर्दछ भन्नलाई यो त कारोबारमा निर्भर रहने विषय हो , बजारमा भएको कारोबार र लगानीकर्ताको बजारप्रतिको जाँगर हेरेर आकलन गर्न सकिने विषय हो । हाल भएको शेयर बजारको उतारचढावलाई यो विषयले प्रस्ट बनाउँछ भन्ने मलाई लागेको छ।
पहिलो कुरा शेयर बजार भन्ने विषय कुनै पात्रो हेरेजस्तो होइन कि ठ्याक्कै यो दिन औंसी यो दिन पूर्णिमा पर्दछ भन्नलाई

यो समय बैङ्कहरूमा अधिक मात्रामा तरलता थपिएको छ, लगानीका लागी कुनै त्यस्तो क्षेत्र देखिँदैन बैंकमा पैसा खचाखच जम्मा भएर बसेको देखिन्छ बैंकमा तरलता बढिभएसँगै उसले खोज्ने भनेकै लगानीको बाटो हो तर हालसालै उद्योग ,व्यापार वा घर जग्गामा समेत लगानी गर्न सकेको अवस्था छैन यस्तो अवस्था स्वाभाविक रूपमा बजारमा लगानी बढ्नुपर्ने हो ।

हाल बैंकले आफ्नो ब्याजदरहरू घटाउँदै गएको अवस्था छ । यस्तो बेला शेयर बजारमा लगानीकर्ता नफर्किनुको अर्को विकल्प देखिँदैन,शेयर बजारमा एउटा विचलनको अवस्था देखा परको साँचो हो यसको सुधार तत्काल आउँछ भन्नेमा विश्वास जागेको छ ।

हालको सङ्कुचित अर्थतन्त्रबाट पुजी बजार चाहिँ चल्दैन हाल हाइड्रोहरूको अवस्था पनि राम्रो छैन। बैंकहरुको पोलेसि राम्रो नहुँदा वा शेयर बजारप्रति सरकारको कडा निगरानी नपुग्दा जसले जसो गरीपने हुने रहेछ भन्ने अवस्था सृजना भएको छ । यो भाष्य चिर्नको निमित्त सरकारको शेयर बजार प्रतिको दृष्टिकोण र पोलेसीमा कडाइ हुन आवश्यक छ भन्ने लाग्छ ।

धेरै कमान्ड गरेकाहरुको हातमा बजार फसेको कारण लयमा बजार चल्न सकेको छैन  ।

अहिले जस्तो कम्पनीले पनि आइपिओ निष्कासनका लागि निवेदन दिएका छन् जस्तो कम्पनीलाई पनि फेरि अनुमति प्रदान गरिएको छ यस्तो अस्तव्यस्त अवस्थाबाट बजार र समग्र अर्थतन्त्रको सुधार हुन सक्दैन । अब त पुजिगत खर्च जोड लाएर गर्नुपर्ने अवस्था हो तर छलछाम गर्नेहरूको भिडमा बजार फसेको कारण त्यसो भएको पाइँदैन । धेरै कमान्ड गरेकाहरुको हातमा बजार फसेको कारण लयमा बजार चल्न सकेको छैन  ।

निश्चित अवसरबादीहरुले बजारलाई औलामा नचाएको अवस्था छ उनीहरूलाई मन लाग्दा बढेको छ मन नलाग्दा घटेको छ। आजको बजारमा अग्रसर खेलाडीहरूले क्षणिक स्वार्थका निमित्त , बजारलाई लयमा बग्न अवरोध गरेको मान्न सकिन्छ ।

कोभिड पछाडि अर्थतन्त्र चलायमान हुन सकेको अवस्था देखिँदैन तर सरकार पटक पटक पुर्णरतालीकिकरण गरिसकेको छ त्यसो गर्दा ऋण बढेर गएको अवस्था छैन। पोहोर भएकै ऋण चुक्ता गर्न नसकेको अवस्थामा नयाँ नयाँ ढाँचा ल्याउन आवश्यक किन हो बुझ्न गाह्रो भएको छ ।

अब त पुजिगत खर्च जोड लाएर गर्नुपर्ने अवस्था हो तर छलछाम गर्नेहरूको भिडमा बजार फसेको कारण त्यसो भएको पाइँदैन ।

चाहे बैंक होस् वा व्यक्ति र संस्था सबैले उत्पादनसँग प्रत्यक्ष रूपमा जोडिन अहिलेको तत्काल अवस्था हो । ठुला ठुला उद्योगहरू नियमित बाटोमा चलिरहेको अवस्थामा ब्रेक लाग्यो भने फेरि गतिमा आउन निकै ठुलो प्रयास गर्नु पर्ने अवस्था देखिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
736SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?