National life

सबै नेपालीलाई बिमाभित्र समेट्ने गरी कार्यक्रम ल्याउँछौँ : स्वास्थ्य मन्त्री प्रदीप पौडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ असार २०८१, सोमबार
784Shares
सबै नेपालीलाई बिमाभित्र समेट्ने गरी कार्यक्रम ल्याउँछौँ : स्वास्थ्य मन्त्री प्रदीप पौडेल
ncell

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाभित्र सबै नेपालीलाई समेट्ने गरी मन्त्रालयले काम गर्ने बताएका छन्।

सोमबार पदभार ग्रहणपछि पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री पौडेलले जनताका लागि स(साना काम समेत व्यवस्थित तरिकाबाट गर्ने बताएका छन् ।

‘स्वास्थ्य मन्त्रालयलाई कसरी राम्रो गर्ने त्यतातर्फ म लाग्छु, मन्त्रालय सुधार्न के गर्न सकिन्छ भन्नुहोला,’ उनले भने, ‘यहाँ ठुला कुरा गर्न गारो होला, तर साना साना काम गर्छु।’

‘मन्त्रालयले बिमासम्बन्धी काम पनि सुरू गरिसकेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसलाई सबै नेपालीहरूका बिचमा लिएर जाने र सबै नेपालीलाई बिमाभित्र समेट्ने गरी मन्त्रालयले कार्यक्रम ल्याउनेछ,’ उनले भने, ‘एक महिनाभित्र सरकारी अस्पतालहरूमा लाइन लाग्न नपर्ने गरी व्यवस्थित स्वास्थ्य सुविधा अघि बढाउनेछौँ।’ मन्त्री पौडेलले भनेका छन् ।

साथै मन्त्री पौडेलले काम गरेर देखाउन नसकेसम्म खादा र माला नलगाउने पनि प्रतिबद्धता गरेका छन् । उनले नेपालको स्वास्थ्य सेवामा आम नागरिकले सहजता अनुभव हुने गरी काम बताए। साथै संघीय सरकार मातहत रहेका सरकारी अस्पतालका सेवा व्यवस्थित गरिने उनको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
784SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?