काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जुनै सरकार बने पनि संविधानमा लेखिएका कुराहरू कार्यान्वयन हुन नसकेको भन्दै आपत्ति जनाएका छन्।
(आज) मङ्गलवार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री थापाले समावेशी र समानुपातिक कुरा कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गरेका हुन्।
उनले भने ‘हामी संविधानमा लेखिए पनि सरकारमा महिला र दलितलाई छुटाउँछौँ । दुई दल मिलेर राष्ट्रपति र उपराष्ट्रपति पनि पुरुष बनाउँछौँ ।
थापाले निर्वाचन प्रणाली फेर्न छलफल गरिरहेको समेत बताएका छन्। ‘तल्लो हाउसलाई प्रत्यक्ष निर्वाचित गरिदिने र माथिल्लो हाउसलाई समानुपातिक बनाउने कुरा मिल्दैन’,थापाले भने , ‘अहिले साथीहरू ठुला दलले कुरा मात्रै गर्छन् भन्छन्।
०६४ सालमा माओवादी पनि ठुलो दल थियो । सानो ठुलो भन्ने कोही पनि हुँदैन । अहिले ठुला दललाई प्रश्न गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले ०८४ मा कांग्रेस र एमालेलाई बढारेर भुईँतिर राखेर सरकार हाँके हुन्छ।’





































