National life

सहकारीको समस्या समाधान गर्न तीनै तहका सरकार लागिपरेको छ: मन्त्री अधिकारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ चैत २०८०, शुक्रबार
883Shares
सहकारीको समस्या समाधान गर्न तीनै तहका सरकार लागिपरेको छ: मन्त्री अधिकारी
ncell

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीमा देखिँदै गएको समस्या समाधानका लागि सरकारले कठोर कदम चाल्ने बताए ।

शुक्रवार सहकारी पत्रकार समाजले आयोजना गरेको सहकारीमा दोस्रो तहको नियामक आवश्यकता र औचित्य विषयक छलफल कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । सरकारले सहकारी समस्या समाधानको लागि कठोर कदम चाल्नुको विकल्प नभएको उनले थप गरे ।

मन्त्री अधिकारीले सहकारी समस्याप्रति सरकार चिन्तित रहेको स्मरण गर्दै समस्या समाधानको बाटोमा निरन्तर लागेको दाबी गरे। 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले तीन तहका सरकारले मान्यता दिएका ३१ हजार भन्दा बढी सहकारीको औचित्यको विषयमा प्रश्न उठेको भन्दै मर्ज लगायतका विषयमा छलफल हुन आवश्यक रहेको बताए ।

उनले भने, ‘तीन तहका सरकारले मान्यता दिएका ३१ हजार ३ भन्दा बढी सहकारीहरू छन् । अझै यकिन तथ्याङ्क आएको छैन। नेपाल जस्तो सानो मुलुकमा यति धेरै सहकारी आवश्यक छ छन् भन्ने प्रश्न आइरहेको छ । यी सहकारीलाई कसरी व्यवस्थापन गर्ने हो ।

अहिले नेपाल सरकारले सहकारी खोल्न रोक लगाएको छ । भएका सहकारीलाई पनि मर्ज गर्नु आवश्यक छ । सहकारी क्षेत्रमा देखिएका समस्याको विषयमा सहकारी अभियान्ताहरु चिन्तित हुनुहुन्छ । यो विषयमा सरकार पनि चिन्तित छ । सहकारी समस्या समाधान गर्न सरकारले कठोर कदम चाल्नुपर्छ।’

यो समाचार शेयर गर्नुहोस्
883SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?