National life

सहकारीले बैंक भन्दा ठुलो कारोबार गर्ने अभ्यासमा देखिएकाले समस्या आयो: मन्त्री अधिकारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ वैशाख २०८१, मङ्गलबार
1.2kShares
सहकारीले बैंक भन्दा ठुलो कारोबार गर्ने अभ्यासमा देखिएकाले समस्या आयो: मन्त्री अधिकारी
ncell

काडमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरूले बैंकको तुलनामा कारोबार गर्ने प्रतिस्पर्धाकै कारण समस्या सिर्जना भएको बताए।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको दोस्रो लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा आफ्नो धारणा राख्दै मन्त्री अधिकारीले सहकारीहरू आफ्नो मूल्य मान्यता र सिद्धान्त विपरीत अस्वस्थ प्रतिस्पर्धामा लागेकै कारण समस्या सिर्जना भएको बताएका हुन्।

निश्चित उद्देश्यका साथ सहकारी स्थापना हुने गरेको भएपनी त्यसको खिलाप गर्दै काम भइरहेको धारणा उनको छ । ‘सहकारीहरू बैंकभन्दा ठुलो कारोबार गर्ने अभ्यासमा लागे, सहकारीको मूल्य मान्यता विपरीत काम गर्न थाले, बचतकर्ताको बचतलाई दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुँदैन, सहकारीमा आबद्धहरूले नै समाधान गर्ने हो, सरकारले सल्लाह दिने हो, यो बाटो जाऊ भन्ने हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सरकारले समस्या समाधान गर्ने होइन’, उनले भने ।

लेखा सुपरिवेक्षण समितिमा पनि खोट रहेको उनको भनाइ छ । अहिलेको समस्या समाधान गर्नका लागि अहिलेदेखि नै लाग्न आवश्यक रहेको उनले बताए । त्यस्तै कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्ण दुवाडीले अर्थतन्त्रको एउटा महत्त्वपूर्ण खम्बामा धमिरा लागेको धारणा राखे । उनले सहकारी अभियान भुमरीमा परेको बताए ।

‘सहकारीहरूले के कस्तो काम गरेका छन्, के कस्तो कमी कमजोरी गरेका छन्, आत्म समीक्षा गर्ने बेला भएको छ, अर्थतन्त्रमा ठुलो योगदान पुर्‍याएको क्षेत्र अहिले आफैँ ठुलो समस्यामा छ, यसले अर्थतन्त्रमै ठुलो असर पुर्‍याउन सक्छ, यस विषयमा हामी सबै सजग बन्नुपर्छ,’ उनले भने ।

‘सदस्यले पनि सबै कुराको जिम्मा सञ्चालकलाई दिन नहुने उनको धारणा छ । ‘शिक्षक, डाक्टर तथा वकिल सबै यो क्षेत्रमा छन्, सर्वप्रथम मेरो कर्तव्य के हो बुझ्नुपर्छ, त्यो बुझ्न सकियो भने यो समस्या आउँदैन’, मन्त्री अधिकारीले भने ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?