National life

सहकारी प्रकरणमा मुछिएको भन्दै शान्ति समाजले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ चैत २०८०, सोमबार
492Shares
सहकारी प्रकरणमा मुछिएको भन्दै शान्ति समाजले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
ncell

काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामाको माग गरेको छ।

सहकारी घोटाला प्रकरणमा लामिछानेको संलग्नता रहेको तथ्यहरु सार्वजनिक भइरहेको दाबी गर्दै शान्ति समाजले राजीनामाको माग गर्दै आफैंले मार्गप्रशस्त गर्नु उपयुक्त हुने धारणा सार्वजनिक गरेको छ।

सोमबार समाजका अध्यक्ष रामकृष्ण बरालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बहुचर्चित सहकारी घोटाला प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताका तथ्यहरु सार्वजनिक भइसकेको सन्दर्भमा शीघ्र निष्पक्ष एवं प्रभावकारी छानबिन अघि बढाउन शान्ति समाज आग्रह गर्दछ । नैतिक रुपमा रवि लामिछाने स्वयंले मार्ग प्रशस्त गर्नुपर्दछ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शान्ति समाजले उपप्रधानमन्त्री लामिछानेले सहकारी प्रकरणबाट उन्मुक्ति पाउन सुनकाण्डमा मुछिएका माओवादी नेतालाई उन्मुक्ति दिएको जिकिर गरेको छ ।

यसैगरी नेपाली कांग्रेसको नेतृत्वको नियत पनि आफ्नो परिवारका सदस्यमाथि कुनै छानबिन नहोस भन्ने सौदावाजीको रणनीतिले प्रेरित भएको घटनाक्रमले देखाएको शान्ति समाजले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
492SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?