National life

सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नभएको महराको दाबी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ चैत २०८०, बिहिबार
561Shares
सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नभएको महराको दाबी
ncell

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराले बयानको क्रममा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

बिहीबार सरकारी वकिल कार्यालयमा भएको बयानमा महराले सुन तस्करीमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेका महरालाई हिजो पनि बयान लिइएको थियो।

सरकारी वकिलको कार्यालयका एक अधिकृतले एक चरणको बयानको काम सकिएको र अब थप आवश्यक प्रक्रिया सीआईबीले अघि बढाउने बताएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरा यही चैत ५ गते कपिलवस्तुको पकडी बाट पक्राउ परेका थिए। महरालाई काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएको छ।

अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि उनलाई नर्भिक अस्पतालमा राखिएको छ। गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग उनको नाम जोडिएको छ।

यो समाचार शेयर गर्नुहोस्
561SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?