काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु सहकारीपीडितहरूको पक्षमा अन्तिमसम्म संघर्ष गरिरहने बताएका छन्।
आज साझ (सोमबार) पार्टी कार्यालय सामाखुसीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई खेद्ने समयमा सञ्चारमाध्यमहरूले सहकारीपीडितको पक्षमा समाचार लेखे राम्रो हुने भन्दै ब्यगं समेत गरेका छन् ।
उनले आफूहरूले सहकारीपीडितको पक्षमा आवाज उठाउँदै आइरहेको पनि बताए। अब पनि उनीहरूको पक्षमा सदनदेखि संसद्सम्म बोलिरहने लामिछानेले जवाफ दिएका छन् ।
‘हामी सहकारीपीडितहरूको पक्षमा लड्न तयार छौँ’, उनले भने, ‘हामी न्तिमसम्म लड्न तयार छौँ। संसद्मा पनि यसबारेमा कुरा उठाउने तयारीमा छौँ। अब संसद्को नयाँ सत्रमा यसबारे हामी कुरा चर्काउँछौँ।’


































