National life

हाल बन्द रहेका उद्योग सञ्चालन गर्न नयाँ नीति ल्याउँदै छौंः मन्त्री भण्डारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ वैशाख २०८१, शुक्रबार
1.3kShares
हाल बन्द रहेका उद्योग सञ्चालन गर्न नयाँ नीति ल्याउँदै छौंः मन्त्री भण्डारी
ncell

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले हाल बन्द अबस्थामा रहेका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन्।

उद्योग वाणिज्य संघ र कम्प्युटर एसोसिएसन नेपाल महासंघ, चितवनले भरतपुर महानगर–१० मा आयोजना गरेको पाँच दिने औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला उद्घाटन कार्यक्रममा उनले विभिन्न समय बन्द भएका र रुग्ण उद्योग सञ्चालन कसरी गर्न सकिन्छ भनेर मिहीन ढंगले छलफल गरी नीति ल्याइने बताएका छन्।

मन्त्री भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट प्रत्येक प्रदेशमा कम्तीमा पनि एउटा औद्योगिक क्षेत्र विस्तारको कार्यक्रम ल्याइने जानकारी गराए। उनले भने, ‘उद्योगी व्यवसायीले निराश हुनुपर्ने स्थिति आउन नदिन सरकार लागिपरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हामी अहिले देखिएको निराशालाई आशामा बदल्छौं।‘

अहिले सरकार मुख्यतः लगानी सम्मेलनमा केन्द्रित रहेको उल्लेख गर्दै भण्डारीले उद्योगी व्यवसायीले महसुस गर्ने गरी आगामी नीति तथा कार्यक्रम र बजेट ल्याइने बताए। उनले भने, ‘मन्त्रालयले स्वदेशी वस्तु उपभोगसम्बन्धी नीति र ‘स्टार्टअप’ कार्यक्रम चाँडै ल्याउँदैछ, आन्तरिक उत्पादन बढाउन उद्योग नीति पनि समयसापेक्ष परिवर्तन गर्नुपर्नेछ।’

तीन तहका सरकारबीच नीतिगत समस्याले पनि आर्थिक गतिविधि बढ्न नसकेको उल्लेख गर्दै उनले सरकार सबै यस्ता समस्या अन्त्य गरेर अगाडि बढ्ने बताए।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?