National life

हेलिकप्टरकै प्रयोग गरेर भए पनि जनतामा राहत पुर्याउछौ: गृहमन्त्री लेखक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० असोज २०८१, आइतबार
638Shares
हेलिकप्टरकै प्रयोग गरेर भए पनि जनतामा राहत पुर्याउछौ: गृहमन्त्री लेखक
ncell

काठमाडौं । सरकारका गृहमन्त्री रमेश लेखकले खोज,उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री लेखकले हेलिकप्टर प्रयोग गरेर भएपनि जनतालाई राहत वितरण गर्न निर्देशन दिएका हुन्।

'ललितपुरमा ४५ जनाको मृत्यु भएको तथ्यांक छ। सरकारले दिने दुई लाख राहत ३९ जनाले पाउनुभएको छ,' उनले भने, बाँकी ६ जनाले पनि तत्कालै पाउनुहुन्छ, पूर्ण रुपले घर क्षति भएका पाउन योग्य लाभग्राहीको नाम स्थानीय तहबाट तत्कालै पठाउनुस्, प्राधिकरणले नाम प्राप्त गरेको तीन दिनभित्र लाभग्रागीलाई पैसा पठाउँछ।'

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नागरिकले खुला आकास मुनि बस्न नपर्ने बताउँदै गृहमन्त्री लेखकले नागरिकले प्रमुख जिल्ला अधिकारी आएपछि पानी खान पाउँछु भनेर बस्नुपर्ने अवस्था आउन नहुने पनि बताए।

'एकद्वार प्रणालीबाट राहात वितरण गर्ने भनिएपनि स्थानीय तहको जिम्मेवारीमा दिन सकिन्छ, सम्बन्धित पालिकाको समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी राखेर राहत व्यवस्थापन गर्न सकिन्छ, तहगत विभाग र विद्युत्, खानेपानी र सञ्चार क्षेत्रमा जिम्मेवारीमा रहेकाहरुले समस्या पहिचान गरेर समन्वय इमानदारीपूर्वक काम गर्नुहोस्,' गृहमन्त्रीले भने।

 

यो समाचार शेयर गर्नुहोस्
638SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?