National life

माओवादीको माग 'गृहमन्त्री लेखकले राजीनामा दिनुपर्छ', कांग्रेसको दाबी उहाँ निर्दोष हुनुहुन्छ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ जेठ २०८२, सोमबार
1.5kShares
माओवादीको माग 'गृहमन्त्री लेखकले राजीनामा दिनुपर्छ', कांग्रेसको दाबी उहाँ निर्दोष हुनुहुन्छ
ncell

काठमाडौँ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न देखिएको भन्दै नेकपा माओवादी केन्द्रले राजीनामा माग गरेको छ । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले मन्त्री लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष सार्वजनिक गरेको छ ।

लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने माओवादीको निष्कर्ष छ । साथै स्वतन्त्र र निष्पक्ष छानबिनका लागि पनि मन्त्री रमेश लेखकले राजीनामा दिनुको साटो उक्त प्रकरणमा जोगिन अनेक षडयन्त्र भइरहेको प्रवक्ता अग्नि सापकोटाको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

https://www.youtube.com/watch?v=zksUO-w-4Qs

तर नेपाली कांग्रेसले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ। कांग्रेसको आज बिहान बसेको पदाधिकारी बैठकले मन्त्री लेखक अनियमिततामा संलग्न नभएको दाबी गरेको हो ।

कांग्रेसले लेखकलाई जबरजस्ती जोडेर अफवाह फैलाउने काम भएको भन्दै जो संलग्न छन् तिनलाई कारबाही गरिनुपर्ने तर गृहमन्त्री लेखकको कुनै संलग्नता नभएको कांग्रेसले उल्लेख गरेको छ । साथै, कांग्रेस बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने नेताहरू शेखर कोइराला, सुनील शर्मा र राजेन्द्र बजगाईँलाई स्पष्टीकरण सोध्न माग भएको छ।

पार्टीको नीति विपरीत निरन्तर बोल्ने काम गरेको भन्दै उनीहरूसँग स्पष्टीकरण सोध्न माग भएको हो । सभापति शेरबहादुर देउवाले भने यस विषयमा आफूले पछि हेर्ने बताएको शशांक कोइरालाकै भनाई छ । शेखरले गृहमन्त्रीले क्लिन साबित गर्नका निम्ति राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने मत राखेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?