National life

तोडफोड र आगजनीमा पार्टीका कार्यकर्ताको संलग्नता भेटिए कारबाही गर्छौं : माओवादी केन्द्र

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० भदौ २०८२, सोमबार
1.4kShares
तोडफोड र आगजनीमा पार्टीका कार्यकर्ताको संलग्नता भेटिए कारबाही गर्छौं : माओवादी केन्द्र
ncell

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले भदौ २४ गते भएको तोडफोड र आगजनीका घटनामा आफ्ना कार्यकर्ताको संलग्नता पुष्टि भए सख्त कारबाही गर्न आग्रह गरेको छ।

माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले विज्ञप्ती जारी गर्दै तोडफोडमा आफ्नो कार्यकर्ताको संलग्नता भेटिए पार्टीले पनि कारबाही गर्ने बताएका छन्।

'त्यस्ता गतिविधिमा हाम्रो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए हामी कडा भन्दा कडा कारबाही गर्न तयार छौं । तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गरोस् भनि आग्रह गर्दछौं,' विज्ञप्तीमा भनिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तर केही व्यक्ति वा समूहले यस्ता ध्वंसात्मक क्रियाकलापमा माओवादी कार्यकर्ताको संलग्नता भनि गरिएको प्रचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको माओवादी केन्द्रले जनाएको छ।

'यस्ता आधारहीन हल्ला फैलाएर हाम्रो पार्टी तथा आन्दोलनलाई कमजोर बनाउने प्रति सचेत रहँदै यस प्रकारका दुष्प्रचारबाट भ्रममा नपर्न हाम्रो पार्टी आम जनसमुदायमा हार्दिक अपिल गर्दछ,' विज्ञप्तीमा भनिएको छ।

माओवादी केन्द्रले जेनजी पुस्ताले उठाएर गरेको आन्दोलनमा प्रतिगामी, लोकतन्त्र र गणतन्त्र विरोधी तत्वहरु घुसेर जुन खालको विध्वंस र वितण्डा मच्चाएको बताएको छ। यसबाट माओवादी केन्द्रको पार्टी कार्यालयहरू, अध्यक्ष प्रचण्ड लगायत दर्जनौं नेता, कार्यकर्ता र परिवारका घर तथा अन्य सम्पत्तिमा आग्नजनी तोडफोड भएको पनि जनाएको छ।

'त्यसको हाम्रो पार्टी कडा शब्दमा विरोध र भर्त्सना गर्दछ। यसले आन्दोलनको मूल उद्देश्य र छविलाई नै धुमिल बनाएको छ,' विज्ञप्तीमा भनिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?