National life

१० वटा ऐन संशोधन गर्दै लगानीमैत्री वातावरण बनाउँछौं: उद्योगमन्त्री भण्डारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ चैत २०८०, सोमबार
819Shares
१० वटा ऐन संशोधन गर्दै लगानीमैत्री वातावरण बनाउँछौं: उद्योगमन्त्री भण्डारी
ncell

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संसदको हिउँदे अधिवेशनभित्रै १० वटा ऐन संशोधन गरी , लगानीमैत्री वातावरण सिर्जना गरिने बताएका छन्।

सोमबार नेपाल हब्र्स तथा हर्बल उत्पादक संघको काठमाडौंमा भएको १८ औं वार्षिक साधारणसभामा बोल्दै उद्योगमन्त्री भण्डारीले सरकारले उद्योगमैत्री कानून बनाएर अन्तिम चरणमा पु¥याएको दाबी गरेका छन्।

सरकारले निजी क्षेत्रलाई बलियो बनाउँदै उद्योग क्षेत्रमा देखिएका सम्भावनालाई पूरा गर्नेगरी काम भइरहेको उनको भनाइ थियो । मन्त्री भण्डारीले समयानुकूल उद्योग नीति, वाणिज्य नीतिलाई संशोधन गरी ट्रेडका विषयलाई अगाडि बढाउने बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उद्योग नीतिमा भएका अस्पष्टताहरुलाई सरकारले चाँडै समाधान गर्ने उनले प्रतिबद्धता जनाए । १० वटा उद्योगसँग सम्बन्धी ऐनहरु संशोधन गरेर उद्योगी व्यवसायीहरु उद्योग मन्त्रालय आएर मागहरु पूरा गरौं भन्ने देउसी भैलीको अन्त्य गरी ढुक्कले लगानी गर्ने वातावरण सिर्जना गरिने उनको भनाइ छ।

‘बजारलाई प्रोत्साहन हुनेगरी सरकारले केही नयाँ कार्यक्रमहरु ल्याउँदै छ । स्वदेशी वस्तुलाई प्रोत्साहन गर्न चाँडै कार्यविधि मन्त्रीपरिषद्बाट पास गरेर प्रधानमन्त्री नेपाली अभिवेद्धि कार्यक्रम ल्याउँदैछौं । स्टार्ट अफ नीति यो महिनाको अन्त्यमा कार्यान्वयनमा ल्याउँदै छौं । यसरी सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने कुरामा कुनै कसर बाँकी राख्ने छैन,’ उनले भने ।

यो समाचार शेयर गर्नुहोस्
819SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?