काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) ले निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी दामोदर भण्डारीलाई दिएको छ।
कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई उक्त जिम्मेवारी सुम्पने निर्णय गरेको हो। उनी हाल कम्पनीमा सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत छन्।
निर्णयअनुसार भण्डारीले आजदेखि लागू हुने गरी निमित्त सीईओको जिम्मेवारी सम्हाल्नेछन्।
कम्पनीका वर्तमान सीईओ सुरेन्द्र थापा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतमा मुद्दा दायर भएपछि निलम्बनमा परेका छन्। सोही कारण व्यवस्थापन निरन्तरता कायम राख्न सहायक सीईओलाई निमित्त सीईओको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ।


































