National life

सरकारी प्रयोजनमा नेपाली उत्पादन मात्रै खरिद गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ पुस २०८१, शुक्रबार
736Shares
सरकारी प्रयोजनमा नेपाली उत्पादन मात्रै खरिद गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता
ncell

काठमाडौँ। सरकारी प्रयोजनका लागि नेपाली उत्पादन मात्रै खरिद गर्ने मन्त्री दामोदर भण्डारीले बताएका छन् । उद्योग,वाणिज्य तथा आपूर्ति भण्डारीले आफ्नो देशको  उत्पादनलाई जोड दिन नेपाली उत्पादन नै खरिद गरिनु अनिवार्य भएको धारणा राखेका छन् ।

आज उद्योगी व्यवसायीहरूसँगको छलफलमा मन्त्री भण्डारीले सरकारी प्रयोजनका लागि आगामी दिन देखि नेपाली उत्पादन मात्रै खरिद गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार मन्त्रालयले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका, २०८१ कार्यान्वयनका विषयमा सरोकारवाला निकाय र निजी क्षेत्रका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अन्तरक्रिया कार्यक्रम बोल्दै मन्त्री भण्डारीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका, २०८१ संघदेखि स्थानीय तहसम्मै कार्यान्वयन गर्ने गरी सरकार अघि बढेको बताए । उनले सरकारले उद्योगी र उत्पादकहरूको श्रमप्रतिको सम्मान गर्ने गरी काम गरिरहेको स्पष्ट पारेका छन् । सरकारी निकायमा नेपाली सामग्रीहरू नै खरिद गर्न निर्देशन दिइसकेको उल्लेख गर्दै मन्त्रालय निर्देशिका कार्यान्वयन गर्न दत्तचित्त भएर लाग्ने बताए ।

मन्त्री भण्डारीले नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी, सांसदहरूले पनि नेपाली पोसाकको प्रयोग गर्ने बताए । तर पोसाक गुणस्तर र मागअनुसार प्राप्त हुने गरी उत्पादन गर्नुपर्नेमा निजी क्षेत्रको ध्यानाकर्षण गराए । अन्तरक्रियामा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले सरकारी मात्रै नभई निजी क्षेत्रमा समेत स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्न आग्रह गरेका छन्।

‘महत्वकांक्षी आयोजनालाई सफल बनाउन राष्ट्रिय मुभमेण्टको साथमा लैजाने, तल तलका निकायहरूसम्म पनि यसलाई कार्यान्वयन गर्ने कुरामा नेपाली उद्योगीहरूको, एसेमिजहरुको श्रमप्रतिको सम्मान गर्ने गरी जान्छौँ । मैले त्यसलाई अलि सुरुमा पनि अहिले मेरो कार्यकक्ष जानुभयो भने हामीले नेपाली उत्पादकै प्रयोग गरेका छौँ’, उनले भने ।

मन्त्रालयले हालै सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका, २०८१ जारी गरेको छ । स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग प्रयोग गरी स्वदेशी वस्तुको उत्पादन, रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा उत्पादित वस्तुको बजार प्रवर्धन गर्न सरकारले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१’ तयार गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
736SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?