National life

२२ अर्बको नागढुंगा टनेलले उठाएको प्रश्न: आवश्यकता कि विलासिता ? विचार

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२३ पुस २०८२, बुधबार
1.4kShares
२२ अर्बको नागढुंगा टनेलले उठाएको प्रश्न: आवश्यकता कि विलासिता ? विचार
ncell

काठमाडौँ। नेपालको क्षेत्रफलको अधिकांश हिस्सा पहाडी र हिमाली भेगले ओगेटेको छ। यस कारण यहाँको सडक प्रणाली प्रायः उकालो ओरालो भएको हुँदा यात्रा कठिन र लामो हुने समस्या छ। यही भौगोलिक संरचना अनुकुल हुने गरी टनेल निर्माणको आवश्यकताका सन्दर्भमा यातायात विज्ञ आशिष गजुरेलले केही सुझावहरु व्यक्त गरेका छन् । उनी लेख्छन् -

१ टनेलको निर्माणले यात्राको दुरी र यात्रा समय घटाउछ। २ नेपाल जस्तो देश जहाँ सडक उकालो र ओरालो भएर बनेका छन्, तेहा टनेल निर्माणले यात्राको दुरी कम गर्छ। ३ टनेल निर्माण महँगो हुन्छ र निर्माणमा समय पनि लाग्छ। ४ नागढुंगा (सिस्ने खोला २.७ किमि टनेल परियोजना निर्माण गर्न २२ अर्ब रुपैया लाग्दैछ। ५ टनेलले यात्रा दुरी घटाएर समयको बचत, इन्धनको खपत कम र यातायात सुरक्षा र यातायात व्यवस्थापन राम्रोसँग गर्छ। ६ नेपाल जस्तो हिमाल र पहाड भएर सडक निर्माण गर्नु पर्ने देशमा टनेल जरुरी हुन्छ। ७ टनेल निर्माणपछि संचालन, व्यवस्थापन, मर्मत संहार गर्न पनि निकै महँगो हुन्छ। ८ लगानी गर्ने क्षमता र आवश्यकता का आधारमा टनेल परियोजना अगाडी बढाउनु पर्छ। ९ निर्माण हुने हरेक परियोजनाले आर्थिक र सामाजिक क्षेत्रलाई सकारात्मक सहयोग गर्नु पर्छ। १० आर्थिक विकासमा सहयोग पुराउने परियोजना मात्र प्राथमिकतामा पारिनु पर्छ। ११ नेपालसँग लगानी गर्न सीमित स्रोत हुँदा सोको सही प्रयोगले मात्र देश विकास हुन्छ। १२ अनुत्पादक क्षेत्रमा लगानी निरुत्साही गर्नु पर्छ। १३ हाम्रा खासगरी यातायात पूर्वधार, कृषि, उद्योग, पर्यटन र अन्य उत्पादनसँग जोडिनु पर्छ। १४ उपलब्ध सीमित स्रोतको सदुपयोग गर्दै देश विकास गर्नु पर्ने हाम्रो बाध्यता बुझौं। १५ हाम्रो स्रोत र साधनले सके भने, हामीलाई देशैभरि धेरै टनेलको जरुरत छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

– आशिष गजुरेल

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?