National life

अर्थतन्त्रमा सुधार आएन भने अर्को वर्ष बैंकहरुले लाभांश दिन सक्दैनन् :सिईओ ढुङ्गाना

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ फागुन २०८०, आइतबार
692Shares
अर्थतन्त्रमा सुधार आएन भने अर्को वर्ष बैंकहरुले लाभांश दिन सक्दैनन् :सिईओ ढुङ्गाना
ncell

 

काठमाडौँ। नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्र प्रशाद ढुङ्गानाले मुलुकको अर्थतन्त्रले सुधारको गति नलिए अर्को वर्ष बैंकहरुले लाभांश दिन सक्ने अवस्था नरहेको बताएका छन्।

महिला आर्थिक पत्रकार संघ९फेजा०ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै सिईओ ढुङ्गानाले यस्तो बताएका हुन। सिईओ ढुङ्गानाले विगतमा कहिल्यै नदेखिएको समस्या अहिले अर्थतन्त्रमा देखिएको र त्यसको प्रभाव बैंकमा प्रत्यक्ष रुपमा पर्न गएको उनको भनाई छ।

अहिले बजारमा खरिदबिक्री देखि उधारो उठ्ने काम सुस्ताएको र समग्र अर्थतन्त्रमा नै समस्या आएको सिईओ ढुङ्गानाले बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसले गर्दा बैंकको रिकभरीमा नराम्रोसँग हिट गरेको उनको भनाई छ। जसले गर्दा अर्थतन्त्रमा सुधार नभएमा बैंक तथा वित्तीय संस्थाहरूले थप समस्या झेल्नुपर्ने बताए।

अहिले मुलुकमा पुँजीगत खर्च बढाउने भन्दा पनि बजेट घटाउने परिपाटी सही नभएको बताए। यसले अर्थतन्त्र सकारात्मक गतिमा नजाने उनको भनाई छ। साधारण खर्चकै लागि ऋण उठाउनु पर्ने स्थितिले अर्थतन्त्र सहज नभएको जनाउने ढुङ्गानाको भनाई छ।

कार्यक्रम महिला आर्थिक पत्रकारिता संघकी अध्यक्ष शर्मिला ठकुरीले महिलाको क्षमता विकासमा सहयोग गर्न कार्यक्रम गर्न लागिएको बताइन्। प्रमुख अतिथि डा निलम ढुङ्गानाले कार्यक्रम उद्घाटन गरिन्।

यो समाचार शेयर गर्नुहोस्
692SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?