National life

कृषि, पर्यटन र सूचना प्रविधि बजेटको प्राथमिकता राख्छौ: अर्थमन्त्री पुन 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ चैत २०८०, मङ्गलबार
818Shares
कृषि, पर्यटन र सूचना प्रविधि बजेटको प्राथमिकता राख्छौ: अर्थमन्त्री पुन 
ncell

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन'अनन्त'ले आगामी बजेटमा पूर्वाधार,कृषि,पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने उद्घोष गरेका छन्। नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडिबी) का दक्षिण एसिया क्षेत्र हेर्ने महानिर्देशक ताकेयो कोनेसीसँग आज मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले उक्त कुरा बताएका हुन् ।

मन्त्री पुनले आर्थिक रूपमा शिथिलता भए पनि सुधारको प्रयास भइरहेको भनाइ राखेका छन् । गत वर्षभन्दा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर राम्रो हुने प्रक्षेपणहरू भइरहेको भन्दै उनले ४ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने देखिएको उल्लेख गरे।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आगामी आर्थिक वर्षमा थप राम्रो गर्न सकिने विश्वास मन्त्री पुनले व्यक्त गरे ।

उत्पादनमूलक क्षेत्रमा वृद्धि घटेको  देखिए पनि पर्यटन क्षेत्रमा १९ प्रतिशतको वृद्धि देखिएको बताए। मन्त्री पुनले विश्व बैंक र एसियाली विकास बैंकको लगानीमा सञ्चालित विकास आयोजनामा खर्चको प्रगति कम रहेको उनको भनाइ थियो ।

आन्तरिक र दातृ निकायको लगानीमा सञ्चालित विकास आयोजनामा खर्च बढाउन आफूले आयोजना सम्बद्ध मन्त्रालयहरूसँग निरन्तर संवाद र परामर्श गरिरहेको मन्त्री पुनले बताए ।

नेपालले पछिल्लो १५ वर्षमा ऊर्जा क्षेत्र र सडक पूर्वाधारमा उल्लेख्य विकास गरेको भन्दै मन्त्री पुनको भनाइ छ । १५ वर्षअघि २० किलोमिटर सडक बनेकामा हाल सबै प्रकारका गरी १ लाख किलोमिटर सडक निर्माण भएको तथ्याङ्क प्रस्तुत गरे ।

पहाडमा मध्य पहाडी, तराईमा हुलाकी राजमार्ग र दर्जन सङ्ख्यामा उत्तर–दक्षिण करिडोरमा सडक निर्माण भइरहेको उनले बताए । ती सडकहरूको निर्माण सम्पन्न भएर सञ्चालनमा आउँदा नेपालको आर्थिक वृद्धिदर निकै राम्रो हुने विश्वास उनले व्यक्त गरे ।

महानिर्देशक कोनेसीले एडिबीको लगानीमा सञ्चालित आयोजनाका कामबारे चासो राखेका थिए । यस्तै उनले आगामी १६ र १७ वैशाखमा काठमाण्डौंमा हुने लगानी सम्मेलनमा एडिबीका उपाध्यक्षको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने बताए ।

यो समाचार शेयर गर्नुहोस्
818SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?