National life

चार ऋतुहरूको ‘ब्रान्डिङ' गर्न पर्यटन मन्त्री तामाङलाई किराँतीले दिए सुझाव

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ वैशाख २०८१, शुक्रबार
854Shares
चार ऋतुहरूको ‘ब्रान्डिङ' गर्न पर्यटन मन्त्री तामाङलाई किराँतीले दिए सुझाव
ncell

काठमाडौँ। पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले वर्तमान पर्यटनमन्त्री हितबहादुर तामाङलाई आफ्ना अनुभवसहितको सुझाव बुझाएका छन्।

प्रकृति, संस्कृति र साहसिक गतिविधिको संयोजनबाट मात्र नेपालको पर्यटन विकास सम्भव भएको पूर्व मन्त्री किराँतीको भनाई छ । किराँतीले पूर्व मन्त्रीका रूपमा आफूले देखेको र गरेको अनुभवसँगै बढाएका कार्य योजनाका आधारमा सुझाव पत्र बुझाएको बताएका छन् ।

शुक्रवार दिउँसो मन्त्रालयमा मन्त्री तामाङलाई भेटी लिखित रूपमा उनले सुझाव हस्तान्तरण गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले प्रकृति र संस्कृतिको समायोजन गरी स्थानीय स्वाद र स्वामित्व सहित पर्यटनको विकास गर्न सुझाव दिएका छन् ।

ताल, ट्रेक र पदमार्ग, सर्किट, वन्यजन्तु आरक्ष तथा निकुञ्ज, धार्मिक सांस्कृतिक केन्द्रहरू को प्रवर्द्धनमा उनले जोड दिए । रैथाने संस्कृति र ज्ञान (भाषा, गीत, संगीत, खाना, पहिरन र सिप)को ब्रान्डिङ गर्न उनले सुझाव दिएका छन् ।

चार ऋतुहरूको ‘ब्रान्डिङ’, नयाँ सम्पदा” निर्माण, विज्ञान तथा प्रविधिको भरपूर सदुपयोग, दुई वा दुईभन्दा बढी धर्मका साझा स्थल समेटेर बहुसांस्कृतिक र बहु धार्मिक महारेखा निर्माण गर्न समेत उनले सुझाव दिएका छन् ।

किराँतीले संघीय संस्कृति नीति यथाशीघ्र मन्त्रिपरिषद्बाट पारित गराउन, पर्यटन ऐन संशोधन तत्काल संसद् पठाउन, अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रूपले सञ्चालन गर्न तथा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पीपीपी मोडेलमा लैजान सुझाव दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
854SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?