National life

निगमलाई नयाँ ढंगले पुनःसंरचना गर्नुपर्छ : मन्त्री सुदन किराँती

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ माघ २०८०, मङ्गलबार
1.2kShares
निगमलाई नयाँ ढंगले पुनःसंरचना गर्नुपर्छ : मन्त्री सुदन किराँती
ncell

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायु सेवा निगमलाई नयाँ ढंगले पुनःसंरचना गर्न आवश्यक रहेको बताएका छन्।

आज बिहान प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री किराँतीले वर्तमान अवस्थामा निगम अगाडि बढ्न नसक्ने बताए। ‘अब हामी यो निगमलाई यस्तै स्थितिमा राखिरहने अवस्थामा छैन।

यो निगमलाई दक्षिणा बाँडेर राख्न हुँदैन भन्ने मेरो निष्कर्ष छ’, मन्त्री किराँतीले भने, ‘बिग्रेको राजनीति र भाँडिएको राजनीतिको मारमा निगम छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नयाँ ढंगले पुनःसंरचना गर्नुछ।’

यस क्रममा मन्त्री किराँतीले निगमले पछिल्लो समय ५ करोड ऋण तिरेको जानकारी दिँदै भने, ‘यो त देखिएको आशाका किरण मात्रै हो। ऐनहरूमा हामीले धेरै ध्यान दिनुपर्नेछ।’ उनले थपे, ‘आफू मालिक नहुने अरूबाट प्रभावित हुने प्रवृत्ति छ। यसलाई सुधार्न मैले बिहान–बेलुकै निर्देशन दिएको छु।’

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?